Birat Post शनिबार, आश्विन २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २० असोज ।
झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले धितोपत्र बजार सम्बन्धी विभिन्न विषयमा जिज्ञासा राखेका थिए । विषेश गरी हालै राष्ट्रबैंकले निर्णय गरेको व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागतलाई २० करोडको शेयर धितो कर्जा सीमाबारे लगानीकर्ताले चासो देखाएका थिए । विगत दुई वर्ष देखि निरन्तर घटिरहेको शेयर बजार राष्ट्रबैंकको पछिल्लो निर्णय पछि सुधारहुनेमा लगानीकर्ता आशावादी देखिएका थिए । तर, यहि कारणले धितोपत्र बजारमा ठूलो उछाल आउने संभावना भने नदेखिएको लगानीकर्ता भवानी चुडालले बताए ।

पछिल्लो १५–२० करोडको क्याप देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै शेयर बजारमा राष्ट्रबैंकले लगाएको क्याप पूर्ण रुपमा हटाउन सुझाव दिए । अर्का लगानीकर्ता अनिल खड्काले शेयर बजारमा लगाइएको क्याप राष्ट्रबैंकले खुकुलो पार्दै जानु सकारात्मक भएको बताए । उनले शेयर बजारमा लगाईएको क्याप पूर्ण रुपमा हटाएर लगानीको वातावरण बनाउनु आबश्यक रहेको धारणा राखे ।

कार्यक्रममा लगानीकर्ताहरूले शेयर बजारमा एन्आर एन्को लगानी र नयाँ स्टक एक्सचेन्जका विषयमा पनि जिज्ञासा राखेका थिए । सुमेरु सेक्युरिटिज ब्रोकर नं २९, श्रीहरि सेक्युरिटिज ब्रोकर नं ५६, नेपाल इन्भेष्टमेन्ट सेक्युरिटिज ब्रोकर नं १९, साउथ एशियन बुल्स ब्रोकर नं ४३ र सेकियोर्ड एशियन बुल्स सेक्युरिटिज ब्रोकर नं ३६ ले व्यवस्थापन गरेको कार्यक्रमको सहजीकरण विपिन सापकोटाले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
मारवाडी ब्राह्मण समाजले विराटनगरमा मनायो परशुराम जयन्ती
विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सुरु
विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव कार्कीद्वारा संसद सचिवालयमा दर्ता

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल