Birat Post शनिबार, आश्विन २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० असोज । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ स्थित रेमिट बचत तथा ऋण सहकारी संस्थाले ११औं साधारणसभाको अवसरमा जेष्ठ नागरिक, उत्कृष्ट छात्रछात्रा तथा पत्रकारलाई सम्मान गरेको छ ।
शनिबार सम्पन्न भएको साधारण सभामा स्थानीय पत्रकार बावुराम मुडियारीसहित तीन जना जेष्ठ नागरिक र एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका सन्तानलाई सम्मान गरिएको हो ।

ग्रामथान गाउँपालिकाका अध्यक्ष अध्यक्ष जयप्रकाश गच्छदार र उपाध्यक्ष गुनावती देवी थारूले सम्मान सम्मानित व्यक्तिहरुलाई सम्मान गरे । त्यस अवसरमा ग्रामथान गाउँपालिका वडा नं २ का वडा अध्यक्ष यादव खतिवडा, सरस्वती मा.वि. झोराहाट प्रध्यानाध्यापक अशोक लुइँटेल, लक्ष्मी नारायण मन्दिर संरक्षण समिति झोराहाट अध्यक्ष कृष्णहरि घिमिरे, जेष्ठ नागरिक साझा चौतारी नेपाल अध्यक्ष कमल भट्टराईलगायत सहभागी थिए ।

संचालक समितिको तर्फबाट अध्यक्ष उमा धिमिरे आर्थिक बर्ष २०८०/८१ को कार्यक्रम तथा प्रस्तावित कार्ययोजना प्रस्तुत गरिन । लेखा समितिका संयोजक ढुना देवी गुरागाईंले लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिन । रेमिटमा २७२४ जना सदस्य छन् । शेयर पूँजी ३ करोड ४४ लाख ४८ हजार रूपैयाँ छ । निक्षेप १२ करोड ६२ लाख ३२ हजार ४ सय ५३ रूपैया रहेको छ । सहकारीले ७१ लाख ५१ हजार २ सय ९३ रूपैया खुद नाफा गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल