
विराटनगर,२५ असोज ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आ–आफ्नो दाबी पेश गरेका छन्।
उनीहरुले बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आ–आफ्नो दाबी पेश गरेका हुन्। दुवै जनाले आफ्नो पक्षमा बहुमत भएको दाबी गरेका छन्।
सत्ता गठबन्धनले आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो। त्यसप्रति नेपाली कांग्रेसको शेखर कोइराला पक्ष असन्तुष्ट रहेको छ।
असन्तुष्ट रहेका कोइराला पक्षका कार्कीले पनि आफ्नो पक्षमा ४७ जना सांसद रहेको दाबी गर्दै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
