Birat Post शनिबार, आश्विन २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुो सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सकिँदैछ । सोह्रश्राद्ध आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन औँसी श्राद्ध गरी यसको समागन गरिँदै छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्झिएर सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ ।यो वर्ष साउतमा अधिकमास परेकोले पितृपक्ष आज सकिए पनि सोह्रश्राद्ध भने आइतबारमात्र समापन हुने पञ्चांङ्ग निर्णयक समितिले जनाएको छ । योसँगै आइतबारबाट दुर्गा पक्षको आरम्भ हुन्छ । नौ दिनसम्म नव दुर्गाको पूजा आरधना गरी नवरात्री मनाइँन्छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल