Birat Post आइतबार, आश्विन २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २८ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसलाई पार्टी कार्यालयमा बीपीको फोटो हटाएर प्रचण्डको फोटो झुण्डाउन आफूले बारम्बार सुझाव दिएको स्मरण गराएका छन् । कांग्रेसले पार्टी कार्यालयमा बीपीको तस्विर हटाएर प्रचण्डको तस्विर झुण्डाएपछि मात्रै नीति र नेतृत्वमा एकरूपता हुने उनको बुझाइ छ ।

उनले हालै कोशी प्रदेशमा सरकार गठनपछि विकसित राजनीतिक घट्नालाई ध्यानमा राखेर प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भएको सहमतिलाई लिएर यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेस नेताहरुले अब ‘हामीले मार्ग परिवर्तन गरेकै हो र हामी प्रचण्डपथमा अघि बढेकै हो’ भनेर स्वीकार गर्नुपर्ने पनि सुझाव दिएका छन् ।

उनले लेखेका छन्-

प्रचण्डलाई ‘साक्षी’ राखेर
देउवा र कोइरालाबीच
‘कापीको पन्ना’मा सहमति!
मैले त बारम्बार भनेकै हो: नेपाली काँग्रेसको कार्यालयमा बीपीको फोटो हटाएर प्रचण्डको फोटो झुण्डाए, काँग्रेसको “नीति र नेतृत्व”मा एकरूपता हुने थियो भनेर।
भनेको कुरा नसुन्ने, काम चाहिँ त्यस्तै गर्ने, काँग्रेसको बानी खराब! कि बीपीको बाटोमा फर्काउनोस् काँग्रेसलाई, होइन भने “हामीले मार्ग परिवर्तन गरेकै हो र हामी प्रचण्डपथमा अघि बढेकै हो” भनेर स्वीकार गर्नोस्।
यस्तो ल्याङल्याङ गरेर पनि हुन्छ?

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल