Birat Post बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दैछन्। अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेको भोलीपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन्।

बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलमा भएको आतंकवादी हमलाकाबीच बिहीबार तेल अहिबमा अबतरण गर्नेछन्। जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन्।

सो क्रममा  सुनकले इजरायलका प्रधानमन्त्री नेतान्याहुका साथै इजरायली राष्ट्रपति इसाक हर्जोगलाई भेटबार्ता गर्नेछन्। उनी यस क्षेत्रको दुई दिने भ्रमणका क्रममा अन्य देशको पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ।

डाउनिङ स्ट्रिटका अनुसार सुनकले ‘हमासको क्रूर आतंकवादी हमलाको परिणाम स्वरूप इजरायल र गाजामा भएको भयावह जनधनको क्षतिको लागि शोक व्यक्त गर्नेछन्।’

प्रधानमन्त्रीले गाजामा प्रवेश गर्ने मानवीय सहायताको मार्ग जति सक्दो चाँडो खोल्न र त्यहाँ फसेका बेलायती नागरिकहरूलाई छोड्नका लागि पनि दबाब दिने छन्। उता, विदेशमन्त्री जेम्स क्लिभरलीले आगामी केही दिनमा इजिप्ट, टर्की र कतारको भ्रमण गर्दैछन्।

बेलायती अधिकारीहरूले यो पनि औँल्याएका छन कि रक्षा सचिव ग्रान्ट शाप्सले बुधबार वाशिंगटनमा आफ्ना अमेरिकी समकक्ष लोयड अस्टिनलाई उनीहरूको दृष्टिकोण समन्वन गर्नका लागि भेटवार्ता गरेका छन्।

उता, वाइडेन इजरायल पुगेपछि इरानमाथी थप प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो। इजरायल र हमास युद्धकाबीच अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको हो।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले इरानको ब्यालेस्टिक मिसाइल र यूएभीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको बताएका छन्।

सम्बन्धित

ताजा अपडेट
प्राविधिक शिक्षामा सधै अब्बल मनमोहन पोलिटेक्निक
राजीनामा दिनका लागि उपसभामुख रानामगरलाई दवाव, मार्गप्रशस्त गर्न सभामुखको समेत आग्रह
विराटनगरमा सामुदायिक विद्यालयहरूको अनुगमन , भौतिक तथा शैक्षिक गुणस्तरका बारेमा पनि अध्ययन गरिदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल