Birat Post आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

धनुषा ,१२ कात्तिक ।  मिथिलाञ्चलको महामहोत्सव विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान् रामजानकीको मूर्ति निर्माण गरेर विश्व किर्तीमान कायम गर्ने कार्य थालनी भएको छ ।

विवाहपञ्चमी महामहोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि यो शुभकार्य गर्न लागिएको बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले बताए । अध्यक्ष साहले ७० क्विन्टल अन्न अनाजबाट मूर्ति निर्माण हुने बताए ।

भारत उत्तरप्रदेशको अयोध्यामा १० हजार आठ सय स्क्वायर फिटको अन्नबाट मूर्ति बनाएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता भएको भन्दै विवाह पञ्चमीमा जनकपुरधाममा ११ हजार स्क्वायर फिटमा सो मूर्ति बनाएर विश्व रेकर्ड बनाई विवाह पञ्चमीलाई अन्तर्राष्ट्रिय करण गरिने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।

जनकपुरधाम वडा नं ४ बस्ने रुपेश मिश्रकी छोरी गुनगुन मिश्रले भारतीय आजतक च्यानलमा सो मूर्ति विश्वकीर्तिमान कायम गरेको देखेर जनकपुरधाममा सो भन्दा पनि भव्य र ठूला मूर्ति बनाउनुपर्ने प्रस्तावमा भारतीय कलाकार तथा विज्ञ सतिष घुरजरसहितको टोली जनकपुरधाम आएर छलफल गरेको छ ।

पुस १ गतेदेखि सुरु हुने विवाह महोत्सवका लागि मङ्सिर २० गतेदेखि मूर्ति बनाउन सुरु हुने बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष साहले बताए । मूर्ति बनाउनका लागि भारतको मध्यप्रदेशबाट कालिगड आउने छन् । जनकपुरको १२ बिघा जमिनमा निर्माण हुने मूर्ति निर्माणका लागि रु ५० लाख खर्च हुने अनुमान गरिएको छ

सम्बन्धित

ताजा अपडेट
गणतन्त्र दिवसकै दिन पारेर राजावादी समूहद्वारा अनिश्चितकालीन आन्दोलन
मानवअधिकारवादी संघसंस्थालाई जेठ १५ देखिको प्रदर्शन अनुगमन गर्न आग्रह गरिन्छ : राप्रपा अध्यक्ष लिङ्देन
धरौटी बुझाएर महिमान छुटे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल