Birat Post सोमबार, मंसिर ११, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ११ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउने बताएका छन् । मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशद्वारा सोमबार आयोजित प्रदेशस्तरीय महिलावादी मञ्च–२०८० सम्मेलनको उद्घाटन गर्दै उनले महिलालाई तालीम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको र सोही अनुसार काम गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले महिलाको आर्थिकस्तर वृद्धि गर्न जुनसुकै कठिन परिस्थितिको पाइला चाल्न आफु तयार रहेको बताए । मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिका अव रकमको अभावमा उपचार नपाएर मृत्यु हुनै छैन भन्दै यसका लागि वाटो, सामुदायिक भवन लगायत जस्ता कार्यको बजेट कटौती रकमको जोहो गरेको दावी गरे । विभेद रहित समाज निर्माण गर्न महिलाहरुलाई अगाडि आउनु पर्नेमा जोड दिदै यस कार्यमा सरकार साथ साथै रहने प्रतिवद्धता समेत व्यक्त्त गरे ।

नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले महिला तथा घरेलु हिंसा र समाजमा रहेका कुरिती विरुद्ध लड्ने प्रतिवद्धता व्यक्त्त गरे । महिला राष्ट्रिय सञ्जालकी सस्थापक अध्यक्ष डा. रेणु अधिकारीले लोकतान्त्रिक पद्धितिमा महिलाको आवाज तीन तहको सरकारले सुन्नुपर्ने बताइन् ।

सञ्जालकी प्रदेश अध्यक्ष्प मन्जिता उपाध्याय,प्रदेश सभा सदस्य मिना श्रेष्ठ, महिला मानव अधिकार रक्षक मोरङककी अध्यक्ष इन्दु चौधरी लगायतले महिलामाथि हुने असमानता एवं अपमानमूलक कार्यको विरोधमा महिलाहरु अगाडि आउनु पर्ने सुझाव दिनु भयो । दुई दिने उक्त्त सम्मेलनमा प्रदेश सभाका महिला सदस्यहरु, प्रदेशका १४ जिल्लाका उपप्रमुखहरु, सञ्जालका प्रतिनिधिहरु, मानवअधिकारवादी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागिता रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल