Birat Post मंगलबार, मंसिर १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ मंसिर ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले औद्योगिक कच्चा पदार्थ र औद्योगिक मेसिनरी सामान बोकेको सवारी साधनलाई चेक जाँचको नाममा दु:ख दिने गरेको गुनासो व्यवसायीहरुले गरेका छन् ।

क्षमता भन्दा बढि (ओभरलोड) सामान बोकेको भन्दै जिल्ला ट्राफिकले चेकजाँचका नाममा दु:ख दिने गरेको गुनासो बढेको हो । प्रत्येक सवारी साधनबाट १ हजार ५ सय रुपैयाँका दरले जरिवाना गर्ने गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् ।

गृहमन्त्रालयले भन्सार कार्यालयबाट चेक जाँच पास भएर छुटिसकेको औद्योगिक कच्चा पदार्थ र औद्योगिक मेसिनरी सामान बोकेको सवारी साधन निर्धारित गन्तव्य स्थलमा नपुगुन्जेलसम्म बाटोमा नरोक्न मातहतका प्रहरी कार्यालयहरूलाई पत्राचार गरे पनि मोरङ ट्राफिकले भने यस कुरालाई उल्लङ्घन गर्दै आएको छ ।

यसप्रकृतिका कार्य तत्काल रोकिनुपर्नेमा उद्योग/व्यापार संग सम्वन्धित संस्थाहरुको भनाई छ । मोरङ व्यापार संघका प्रमुख प्रशासकीय अधिकृत कृष्ण रेग्मी यो घटना संग प्रत्यक्ष जोडिएर गाडी छुटाएका छन् । उनका अनुसार ट्राफिकले समन्वयात्मक कार्य गर्ने भनेको छ । कतिपयकुरामा ट्राफिक प्रहरी संग समन्वय नहुदा समस्या आएको रेग्मीको भनाइ छ ।

नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी निर्देशक श्याम भण्डारीले व्यवसायीहरुको गुनासो आएको बताए । उनले यो समस्या समाधानका लागि के भएको हो भन्ने विषयमा थप वुझ्ने बताएका छन् । ट्राफिक प्रहरी प्रमुख नयाँ आउनु भएको भन्ने सुनेको छु , भण्डारीले भने,”उहाँ संग कुरा हुन पाएको छैन ।”

यता भन्सार एजेन्ट संघका केन्द्रीय सदस्य प्रविन जोशी गृहको निर्देशन सवैले पालना गर्नुपर्ने बताउछन् । गृहमन्त्रालयले भन्सार कार्यालयबाट चेक जाँच पास भएर छुटिसकेको औद्योगिक कच्चा पदार्थ र औद्योगिक मेसिनरी सामान बोकेको सवारी साधन निर्धारित गन्तव्य स्थलमा नपुगुन्जेलसम्म बाटोमा नरोक्न मातहतका प्रहरी कार्यालयहरूलाई पत्राचार गरेको र सोही अनुरुप काम हुनुपर्ने जोशी बताउछन् ।

            गृहमन्त्रालयले मातहतका प्रहरी कार्यालयहरूलाई पत्राचार गरेको पत्र

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल