Birat Post शनिबार, पुष १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१४ पुस ।  नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै कालो झण्डा बोकेर मन्त्री क्वाटर पुल्चोकमा प्रदर्शन गरेकाे छ।

आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका नेपाल विद्यार्थी संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका थिए।

उनीहरूले ‘जनताको छोरामाथि गोली हान्न बन्द गर’, ‘शान्ति सुव्यवस्था कायम गर’, ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरेर करिब आधा घण्टा पुल्चोकको सडक पनि चक्काजाम गरेका थिए।

प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू डा. नरेश भट्ट, विजय महतो, अनुराग शाह, थुमराज उपाध्याय, राजेश काफ्ले, नेपाल विद्यार्थी संघ, ललितपुर जिल्ला सभापति सरोज घोरासैनि, काठमाडौं जिल्ला सभापति अन्सुल केसी, केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका इकाई अध्यक्ष विष्णु बडैला, पाटन क्याम्पस इकाईका उपाध्यक्ष घनश्याम न्यौपाने, सुभाष पोख्रेल, रमेस खनाललगायत नेपाल विद्यार्थी संघका चार दर्जन नेताकार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका थिए।

बिहीवार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरूले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा दुई जना युवाको ज्यान गएको थियो।

परीक्षा दिन पाउनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीको गोली र लाठीचार्ज हुँदा दुई युवकको ज्यान गएपछि यतिबेला सरकारको चर्को आलोचना भइरहेको छ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल