Birat Post बुधबार, पुष १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,१८ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका सवै शक्तिहरुलाई एकताको सुत्रमा हेर्न चाहेको बताएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसंगको भेटमा पूर्वराजा शाहले यस्तो प्रतिक्रिया दिएको बताइएको छ । शाह संग खिचिएका फोटाहरु राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ,नेता रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुमा पोष्ट गरेका छन् ।

मिश्रले फेसवुकमा लेखेका छन्, हामी सबैले धेरै देख्यौ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा मंगलबार नवलपरासीमा जनसागर उर्लिएको थियो। शाह पश्चिम नवलपरासीको सरावल–७ बर्दघाटस्थित कालिका मन्दिर पुगेका थिए। त्यसक्रममा उनको स्वागतका लागि ठूलो संख्यामा सर्वसाधारण पुगेका हुन्।

पूर्वराजा शाह केही दिनदेखि पश्चिम नेपालका जिल्लाको भ्रमणमा छन्। केही दिनअघि कपिलबस्तुको चन्द्रौटामा पनि पूर्वराजा शाहको भव्य स्वागत भएको थियो।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल