Birat Post सोमबार, माघ २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ माघ । प्रदेशसभाका पदाधिकारीहरु थप गर्नेगरी कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

उक्त अध्यादेश संविधान विरीत भएको भन्दै अधिवक्ताद्वय कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले रिट निवेदन दर्ता गराएका हुन् । प्रदेशसभाको पदाधिकारीमा पूर्वमुख्यमन्त्री र सरकारमा रहेका दलका नेताहरुलाई थप गर्नेगरी माघ ६ गते कोशी प्रदेश सरकारले अध्यादेश जारी गरेको थियो ।

सरकारले उनीहरुलाई गाडी सुविधा दिनको लागि अध्यादेश ल्याएको भन्दै विरोध भइरहेको छ । नेकपा एमालेले अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । फिर्ता नलिए संसदबाट पारित हुन नदिने उसले चेतावनी दिएको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि उक्त विधेयकप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाइसकेका छन् ।

सर्वोच्चमा दर्ता गरिएको रिटमा संविधानविपरीत जारी भएको अध्यादेश खारेजीको माग गरिएको छ । एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पत्र लेखेर अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल