Birat Post बिहिबार, माघ २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

सप्तरी, २५ माघ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा आज सप्तरीको कञ्चनरुपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस रूपनगरमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । समुदायद्वारा सञ्चालित क्याम्पसमा आयोजित एक समारोहकाबीच उनले एक लाख एक हजार हस्तान्तरण गदै ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना गरेका हुन् ।

डा अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भन्ने उद्देश्यले यस क्याम्पस कोष स्थापना गरेको बताए । “जीवन सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनुपर्छ”, उनले भने।

क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकमबाट प्राप्त बैंंकको ब्याजबाट छात्रवृत्ति उपलब्ध गराइने क्याम्पसले जानकारी दिएको छ । अक्षय कोषमा एक करोड जम्मा गर्ने लक्ष्य लिइएको सो क्याम्पसका प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले बताए ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल