Birat Post आइतबार, चैत्र ११, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ चैत ।
मारवाडी युवा मञ्च विराटनगरले यस वर्ष निकालेको होलीमा एउटा दृष्य कैद भयो । यसलाई धेरैले नजर लगाए । हरेक कुराहरु व्यङ्गपूर्ण थिए । झण्डै गायजात्रामा जस्तै । यो परम्परा भन्दै मारवाडी समुदायले विराटनगरमा विगतदेखीनै प्रहसन गर्दै आएको छ ।

देश बुझ्ने मारवाडी समुदायका केही अगुवाले भने खिच्नुस् यो कमेडि प्रतिकारात्मक फोटोमा दम छ । मारवाडी समुदाय लक्षित आरोपित भाषण गर्दै आएका नागरिक जनजागरण अभियानका अभियन्ता दुर्गा प्रसाईलाई जोडेर प्रतिकारात्मक कमेडि गरिएको थियो । उनलाई “मुर्गा तरसाई” को उपमा दिएको छ । छेउ-छेउमा बडिगार्ड राखिएको छ । पेस्तोल पनि देखाइएको छ । प्रसाइका बडिगार्डहरु अहिले जेलको हावा खाइरहेका छन् ।

युवा मञ्चले प्रत्येक वर्ष होली पर्वको अवसरमा यसखाले कार्यक्रम गर्दै आएको छ । विराटनगरमा समाजसेवी तथा सामाजिक अभियन्ता शिवरतन जोशीलाई पनि मष्टवान्टेट भन्दै फरार सूचिमा खोजी गरि कमेडि गरिएको छ । गोपाल अग्रवालका छोरा प्रहरी सहायक निरिक्षक बनेका थिए । होली अलबेली बरात अतिथि सदन पुगेर समापन भएको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष अंकित मारुले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल