Birat Post बिहिबार, चैत्र २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ चैत । मोरङ व्यापार संघको नाम फेरिएको छ । मोरङ व्यापार संघ बिहीबारदेखि औपचारिक रुपमा मोरङ उद्योग व्यापार संघ भएको छ ।

संघको ६७ औं बार्षिक साधारणसभाको अवसरमा यो नामको बोर्ड अनाबरण गरिएको छ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले नयाँ नामकरण गरिएको बोर्डको बिहिबार अनावरण गरेका हुन् ।

वि.सं.२००८ मा संघको स्थापना भएको थियो । विराटनगरका व्यापारीहरु सहभागी भएर खोलिएको यो पुरानो व्यवसायीक संस्था हो । व्यवसायीक पन संगै संस्थालाई अझ संस्थागत गर्न यसको नाम फेरिएको अध्यक्ष नविन रिजालले बताए । संघको साधारण सभापछि वर्तमान अध्यक्ष नविन रिजाल नेतृत्वको कार्यसमितिको दुई बर्षे कार्यकाल सकिदै छ ।

कार्यक्रममा कांग्रेस नेता डा.मिनेन्द्र रिजाल, कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री हिक्मत कार्की ,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सार्क चेम्बर अर्फ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङ अध्यक्ष राकेश सुराना लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल