Birat Post मंगलबार, चैत्र २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ चैत । घरपरिवार सुख शान्तिको कामना गर्दै मारवाडी समुदायले विराटनगरमा ३७ औं गणगौर पूजा महोत्सव सोमबार मनाएको छ । नेपाल मारवाडी गणगौर र पूजा समितिले आयोजना गरेको महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रम गरिएको थियो । मारवाडी समुदायका बालबालिका र महिलाहरुले विभिन्न प्रतिभा देखाउदै नृत्य तथा धार्मिक कलाहरु प्रस्तुत गरेका थिए ।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा अनिता सोनी,डा.तृप्ती अग्रवाल,किर्ति बोहरा,राजलक्ष्मी अग्रवाल,दीक्षा गोयल,समाजसेवी इन्दिरा रिजाल र मिनाक्षी नेपाल रहेका छन् । उनीहरुलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री थापाले धर्म,संस्कृति र परम्पराको जगेर्ना गर्दै अगाडि वढ्नुपर्नेमा जोड दिइन् । यस्ता पर्वहरुले पारिवारिक मिलन गराउने र एक आपसमा सम्वन्ध प्रगाड बनाउने मन्त्री थापाको भनाइ थियो ।
यो पूजा मारवाडी समुदायका महिलाहरुले परापूर्वकालदेखी मनाउदै आइरहेको गणगौर पूजा समितिका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । सन्तान,श्रीमान् तथा समस्त परिवार कल्याणका लागि गणगौर पूजा गर्ने चलन रहेको राठीको भनाइ छ ।

महोत्सवको मुख्य संयोजक शितल बाहेती र संस्थापक अध्यक्ष मुलचन तापडियाले गणगौर पवित्र पर्व भएको बताएका थिए । कार्यक्रममा मारवाडी समुदायका अगुवा भिखमचन्द सरल,वेनीगोपाल मुन्दडा,देवकीनन्दन अग्रवाल,श्रवण अग्रवाल,अर्चना राठी,मिलन नौलखा ,रचना राठी,गिरिजा सारडा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल