Birat Post बुधबार, चैत्र २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २८ चैत । नेपाल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलन आजबाट सुरु भएको छ। सम्मेलनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न स्वास्थ्य अनुसन्धानको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

‘स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न अनुसन्धानको महत्वपूर्ण भूमिका रहेको छ। स्वास्थ्य अनुसन्धानकै महत्वपूर्ण तथ्य प्रमाणका आधारमा स्वास्थ्य चुनौतीहरुको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्त गर्न हाम्रा प्रयासहरुलाई मार्गदर्शन गर्दछ,’मन्त्री यादवले भने।

बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा आयोजित नेपाल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलनमा स्वास्थ्यमन्त्री यादवले खोज अनुसन्धानबाटै महत्वपूर्ण तथ्य प्रमाण आउने बताए।

उनले खोजमा आधारित तथ्य र अनुसन्धानले नै दिगो विकास लक्ष्यको मूल सिद्धान्त अनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान चुनौति र असमानताहरुलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

स्वास्थ्य अनुसन्धानले उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रवृति र समस्याहरूको पहिचान गरी समयमै सम्भावित चुनौतिको सामना गर्ने विकल्पहरू आंकलन गर्न समेत सहयोग पुग्ने यादवले बताए।

स्वास्थ्य क्षेत्रको विकास बिना समृद्धि, समाजवाद र विकासको कल्पना गर्न नसकिने धारणा राखेका उनले स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलनले महत्वपूर्ण निणर्य र कार्ययोजना बनाउने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रो.डा. घननाथ बरालले मानव स्वास्थ्य र समाज स्वास्थ्यमा हुने अनुसन्धान सबैको लागि भएको उल्लेख गर्दै शिखर सम्मेलनबाट स्वास्थ्य क्षेत्रका लागि आवश्यक कामका लागि सहयोग पुग्ने बताए। सम्मेलनमा विभिन्न देशबाट आएका अनुसन्धानकर्ता, स्वास्थ्य विज्ञहरु तथा स्वास्थ्य वैज्ञानिकहरुको सहभागीता रहेको छ। बुधबारदेखि काठमाडौंमा शुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने छ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल