Birat Post आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब नेपालमा राजा र राजसंस्था फर्किन असम्भव रहेको बताएका छन् । आज (आइतबार) स्वर्गीय सूर्यबहादुर थापाको स्मृति सभालाई सम्बोधन गर्दै उनले राजतन्त्र र राजा फर्किन सम्भव नरहेको दाबी गरेका हुन् । सरकारमा को छ, को छैनभन्दा पनि संसारभर लागू भएको बहुदलीय व्यवस्था नेपालमा अझ सुदृढीकरण गरेर लैजानुपर्ने उनको भनाइ छ ।

‘को सरकारमा छ, को सरकारमा छैन भन्दा पनि अहिलेको महत्वपूर्ण कुरा के छ भने यो बहुदलीय व्यवस्था आएको छ । यसको सदृढीकरण आवश्यक छ । संसारभरी लागू भएको बहुदलीय व्यवस्था नेपालमा पनि लागू भएको छ । यसलाई अझ सुदृढ गर्दै जानुपर्छ,’– सभापति देउवाले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फ लक्षित गर्दै उनले केही मानिसहरु राजा फर्काउँछौं भन्दै हिँडेपनि त्यो असम्भव रहेको बताए । सभापति देउवाले वर्तमान व्यवस्थामा धेरै कुरा सुधारको गर्नुपर्ने आवश्यकता पनि औंल्याए । अहिलेकै निर्वाचन प्रणालीमा एकै पार्टीको बहुमत वा दुई तिहाइ सम्भव नभएकाले सुधार गर्नुपर्ने कुरालाई सहमतिमै टुङ्ग्याएर वर्तमान व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्ने उनको भनाइ छ ।

‘नेपालमा गणतन्त्र आएको छ । यद्यपि फेरि राजा फर्काउन पर्यो भन्दै हिँडेका छन् मान्छेहरु । मलाई लाग्दैन राजा फर्किन्छ भनेर । यही व्यवस्थालाई सर्वस्वीकार्य बनाएर लैजाऔं । धेरै कुराहरु सुधार गर्नुपर्ने भएपनि यसमा सहमतिविना दुई तिहाइ चाहिन्छ । केही कन्फ्युजन छन् भने पनि यसलाई सुधार गर्ने ठाउँहरु छन् । राजा फर्काउने कुरा असम्भव देख्छु,’– उनले भने ।

सम्बन्धित

ताजा अपडेट
चिनियाँ लगानीमा वार्षिक पाँच हजार थान विद्युतीय गाडी विराटनगरमै बनाइने
इलाममा सुहाङले कटाए साढे १७ हजार मत, ५८६३ मतले पछि परे डम्बर
इलाम २ः सुहाङले उछिने डम्बरलाई, तेस्राेमा भिड्दै डकेन्द्र र मिलन

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल