Birat Post बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,५ बैशाख । विराटनगरमा बुधबार दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ । झडपका कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बनेको छ ।

रामनवमीको अवसरमा हिन्दु सम्राट नेपालले निकालेको यालीली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो । विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिर र विराटनगर–१३ नहर चोकबाट हिन्दु सम्राट नेपालका मोरङ अध्यक्ष बलराम यादवको नेतृत्वमा सवारीसाधनसहितको र्याली निकालिएको थियो ।

स्थानीय प्रशासनका अनुसार विराटनगर बजार परिक्रमा गरी र्याली रामजानकी मन्दिरनजिक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम थियो । तर, रानी रोड, हनुमान मन्दिर, आईसीपी रोड, छाला फयाक्ट्री र मण्टा पोखरी हुँदै र्याली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार रामजानकी मन्दिर निस्कने क्रममा विराटनगर–१५ र १७ स्थित मुस्लिम बस्तीमा पुगेपछि र्यालीलाई अवरोध गरिएको थियो ।

‘हिन्दुहरुको जुलुस मुस्लिम बस्ती हुँदै रामजानकी मन्दिर निस्कन खोज्दा अवरोध भएको पाइयो । मुस्लिम समुदायले आफूहरुको बस्तीको बाटो भएर र्याली ननिकाल्न भनेछन् । अलग्गै बाटो प्रयोग गरेर जुलुस निकाल्न आग्रह गरेका रहेछन्,’ उनले भने, ‘तर, हिन्दुहरुको जुलुस मुस्लिम बस्ती भएर जानलाई बल गरेपछि तनाव सुरु भएको हो । त्यसपछि दुई पक्षीय झडपको अवस्था उत्पन्न भयो । दुवै पक्षको हठका कारण अवस्था तनावपूर्ण बनेको छ ।’

हिन्दु र मुस्लिम समुदाय झडपमा उत्रिएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ भट्टराईले बताए । उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास, लाट्ठी चार्ज र हवाई फायर गर्नु परेको छ ।

सम्बन्धित

ताजा अपडेट
राजनीतिक स्थायित्वबिना वैदेशिक लगानी आउँदैन : कोइराला
प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग
इलाम – २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल