Birat Post शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२२ बैशाख । अमेरिका जान सन् २०२५ का लागि आवेदन दिइएको डीभी(डाइभर्सिटी भिसा)को नतिजा आज प्रकाशित हुँदैछ।

अमेरिकी सरकारले सन् २०२५ मा इडीभी भिसामार्फत लैजानको लागि सन् २०२३ मा नै आवेदन खुलाएको थियो। जुन आवेदनको नतिजा आज राति ९ बजेपछि नेपालस्थित अमेरिकी दूतावासको साइटमा गएर हेर्न सकिनेछ। नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ।

छनोट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोराको इमेल पठाउँदैनन्।

नेपालीले प्रत्येक वर्ष ईडीभी ५ देखि ७ लाखको संख्यामा भर्ने गरेको ट्राभल स्टेटको तथ्याङ्कले देखाएको छ। यसपटक पनि करिव ७ लाखको हाराहारीमा इडीभी भरेका छन्। जसमध्ये नेपाली भाग्यशाली ३ देखि ४ हजार जनलाई इडीभी पर्ने देखिन्छ। यसपटक कुल आवेदनको ०।६ प्रतिशत मात्र इडीभी पर्ने चान्स छ। अर्थात् १ सय ५८ जनाले ईडीभी भरेका छन् भने १ जनालाई मात्र पर्ने चान्स हुन्छ। इडीभी परेपछि अमेरिकाले भिसा दिन्छ भन्ने ग्यारेन्टी हुँदैन।

विश्वका विभिन्न देशका नागरीकको रोजाईमा पर्न सफल अमेरिका नेपालबाट पनि इडीभी मार्फत अमेरिका जानेहरूको संख्या बढ्दो छ। प्रत्येक वर्ष अमेरिकन सरकार इडीभी भिसामार्फत एशियाली देशबाट हजारौं संख्यामा अमेरिका लैजाने गर्छ। यद्यपि एशियाली राष्ट्रका केही देशहरूले भने इडीभी भर्न पाउँदैनन्।

चीन, भारत, बंगलादेश, फिलिपिन्स, दक्षिण कोरिया लगायतका देशले इडीभी भर्नका लागि स्वीकृति दिइएको छैन। उक्त अमेरिकन इडीभी विश्वभरबाट प्रत्येक वर्ष ५० देखि ५५ हजार मान्छेलाई पर्ने गरेको तथ्याङ्कले देखाउँछ।

डीभी भिसामार्फत अमेरिका पुगेको केही समयपछि ग्रीन कार्ड पाउने भएकाले पनि यसमा आवदेन दिनेको संख्या उच्च हुन्छ। नेपालमा इडीभी सन् २००७ देखि भर्न सुरु गरिएको हो।

सम्बन्धित

ताजा अपडेट
माओवादी नेता महराको थुनछेक बहस जारी
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू
नेपालबाट बाहिरियो मनसुन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल