Birat Post आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० बैशाख । विराटनगर स्थित हस्पिटल चोकमा रहेको गणेश मन्दिर अगाडि शुद्ध  पिउने पानिको व्यवस्था गरिएको छ । गणेश मन्दिर व्यवस्थापन तथा दाता परिवारले यो व्यवस्थापन गरेको हो । झण्डै ५ लाख लागतमा मन्दिर परिसरमा आउने भक्तजन र बटुवाहरुलाई लक्षित गरि खानेपानिको प्रवन्ध गरिएको मन्दिर व्यवस्थापन तथा दाता परिवारका सदस्य लवसुन्दर श्रेष्ठले जानकारी दिए ।

उक्त खानेपानिको शुक्रबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले उद्घाटन गरेका छन् । धाराबाट चिसो पानि खान मिल्ने गरी बनाइएको छ । खरिदार स्व.मथुरालाल श्रेष्ठ र उहाँकी धर्मपत्नी गुणलक्ष्मी श्रेष्ठ वि.स.२००१ सालमा गणेश मन्दिर बनाएर समाजलाई हस्तान्तरण गरिएको थियो । अहिले धेरै भक्तहरु मनोकामना पुग्ने विस्वासका साथ उक्त गणेश मन्दिर पुग्ने गरेका छन् ।

कार्यक्रममा बोल्दै सांसद पराजुलीले धर्म,सस्कृति संरक्षणमा लाग्न सुझाए । बटुवा र मन्दिरलाई समेत हुनेगरी शुद्ध  खानेपानिको व्यवस्थापन गरेर मन्दिर सन्चालक समितिले सर्र्हानीय कार्य गरेको बताए । यस्तै स-साना समाजिक कार्यहरुले समाजका आवश्यकताहरु परिपूर्ती हुदै जाने विस्वास गरे । मन भएका दाताहरुलाई विराटनगरका विभिन्न ठाउँमा यस प्रकृतिका कार्यहरु गर्न आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल