Birat Post मंगलबार, जेठ ०१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१ जेठ । कांग्रेस संसदीय दलकाे बैठक मंगलबार बिहान बस्दैछ। साेमबार दिउँसाे बस्ने भनिएकाे बैठक मंगलबार बिहान बस्न लागेकाे हाे। बैठक आज बिहान ९ बजे बस्नेछ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दैछन्। कांग्रेसले राष्ट्रपतिका लागि सदनमा लचक हुने संकेत गरेको छ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सहकारी प्रकरणमा रवि लामिछानेमाथि छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने तयारी गरेकाे बताइएकाे छ। आजकाे बैठकमा यसै सम्बन्धमा छलफल हुनेछ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै अघिल्लाे संसद अधिवेशनदेखि नै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान बालुवाटाबारमा संसदकाे गतिराेध खुलाउन नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरिरहेका छन्। छलफलमा महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरू उपस्थित छन्।

सभामुख देवराज घिमिरेले पनि सदनको अवराेध खुलाउन सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग पटकपटक छलफल गर्दै आएका छन्।

सम्बन्धित

ताजा अपडेट
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने
व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल