Birat Post बुधबार, जेठ २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ जेठ/ विद्यालय र शैक्षिक संस्था छेउछाउमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइका साथ रोक लगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सुर्तीजन्य तथा मद्यपान सेवनको निषेध, न्यूनीकरण, नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुको अन्तरक्रियामा बोल्ने वक्ताहरुले विशेष गरी विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमै रोक लगाउनुपर्नेमा जोड दिएका हुन् । ‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔं’ भन्ने मूल नाराका साथ यसपटक मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ । सोही दिवसको सन्दर्भ पारेर विराटनगर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङले पत्रकार सम्मेलनसहितको सरोकारवालासित अन्तरक्रिया आयोजना गरेको हो ।

अन्तरक्रियामा पोखरिया माविका प्राचार्य खेमराज भट्टराईले विद्यालयबाट १ सय मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवन गर्न नपाइने ऐनमै व्यवस्था भए पनि बिक्री भइरहेको बताउनुभयो । उहाँले कडाइका साथ ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार कुमोद अधिकारी र सुशीला पाठकले चिया पसलमा विद्यार्थी उमेरका युवायुवतीले खुलेआम चुरोट खाने गरेकाले महानगरको अनुगमन त्यतातिर पनि केन्द्रित हुनु जरुरी रहेको विचार राख्नुभयो ।

सुर्तीजन्य पदार्थसम्बन्धी विद्यमान ऐन, कानुन र कार्यान्वयन अवस्थाका विषयमा डब्लूएचओका प्रतिनिधि डा. संगीता राई र कृष्णकुमार देवले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारीले महानगरले गत साउन १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले ऐन कार्यान्वयनमा महानगरले अनुगमनलाई समेत प्रभावकारी रुपमा अगाडि बढाइरहेको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बालबालिकालाई सुर्तीजन्य सेवनबाट बचाउन अभिभावक पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

महानगरले विराटनगर महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाएको थियो । तर अदालतको स्टेअर्डरपछि हाल बिक्री खुल्ला भएको छ । महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले संघीय ऐनलाई नै टेकेर भए पनि सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा कडाइ गरिने बताउनुभयो । उहाँले विद्यालय आसपासका पसलहरुमा समेत अनुगमन गर्ने गरेको दाबी गर्नुभयो । स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शेखर यादवले सबैको सहकार्य र प्रयासले मात्रै सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउन सकिने धारणा राख्नुभयो ।

अन्तरक्रियामा विभिन्न विद्यालयका विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, कर्मचारीसहित सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । नेपालमा हरेक वर्ष ३९ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको तथ्यांकमा उल्लेख छ । जुन कूल मृत्युको १८ प्रतिशत हो । विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल