Birat Post शुक्रबार, आषाढ १४, २०८१ मा प्रकाशित

featured photo: Birat Post
मोरङ,१४ असार ।  सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ। जापान सरकारको  दुई अर्व २९ करोड  १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने विराटनगर खानेपानी सुधार आयोजनाको आज शिलन्यास गर्दै उहाँले अहिले पनि पिठ्यु तथा ढोकामा पानीको ग्रागो बोकी खानेपानी ल्याउने समस्याको सम्बन्धित स्थानमा अन्त्य गर्नका लागि मन्त्रालयले कार्य  अगाडि वढाइरहेको   जानकारी दिनु भयो ।
मन्त्री राईले  सरकारले ल्याएको सबै नेपाली जनतालाई ‘एक घर, एक धारा ’ नीतिलाई सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय पालिकाले तीव्र रुपमा कार्य शुरु गरेको बताउनु भयो । मन्त्री राईले आयोजनाले नगरवासीले गुणस्तरीय खानेपानी प्राप्त गर्ने भएकोले यसलाई समयमा सम्पन्न सबैले आफ्नो ठाउँबाट सक्रिय सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले जापान सरकारले नेपाली जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउनका लागि सहयोग उपलव्ध गराएको धन्यवाद समेत दिनु भयो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन सम्बेदनशील रहेको बताउनु भयो । कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले जापान सरकारलाई ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउनका लागि  सहयोगको आग्रह गर्नु भयो ।विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले आयोजनाबाट  नगरवासीले स्वच्छ खानेपानी पिउन पाउँदा हर्षित हुने धारणा राख्नु भयो । जापानिज राजदूतावासका  ताकाहिरोतामुरा र जाईका नेपाल कार्यालयका चिफ रिप्रेजेन्टीज अकिमिक्सु ओकुबोले नेपाली जनतालाई स्वच्छ, गुणस्तरीय  खानेपानी उपलव्ध गराउनको लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त्त गर्दै आगामी दिन थप क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भएको छ ।
नेपाल खानेपानी संस्थान संचालक समितिका अध्यक्ष गुणाखर भुषाल,संस्थानका निमित्त महाप्रवन्धक त्रिदिपकुमार श्रेष्ठ र विराटनगर –१ का वडा अध्यक्ष काजीबहादुर बस्नेतले आयोजनाबाट नगरवासीको स्वच्छ खानेपानी पिउने लामो समयदेखिको सपना सकार हुने विश्वास व्यक्त्त गर्नु भयो । आगामी  सन् २०२६ मे ३१ मा सम्पन्न हुने उक्त्त आयोजनावाट एक लाख नगवासीले गुणस्तरीय एवं स्वच्छ खानेपानी प्राप्त गर्ने छन् ।
जापानको सिमिजु कर्पोरेशनले निर्माण गर्ने उक्त्त आयोजनाले दैनिक दुई करोड लिटर पानी उपलव्ध हुनका साथै नगरका वडा नं १ देखि १६ सम्मका जनताले खानेपानी उपलव्ध हुने सस्थानका महाशाखा प्रमुख कमल थापाले जानकारी दिनु भयो ।
आयोजनाको निर्माणको अवधिमा स्थानीय दुई सयजनाले रोजगारी प्राप्त गर्नेछन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल