Birat Post आइतबार, आषाढ १६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं , १६ असार। नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार बहस र फोटो प्रदर्शनी गर्ने भएको छ ।

१८ असारमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कोइरालाको शताब्दी जन्मजयन्ती मनाउने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा  फोटो प्रदर्शनी राखिएको छ ।

प्रदर्शनीमा रहने सबै फोटो कोइरालासँग सम्बन्धित हुनेछन् । १५१ भन्दा बढी फोटो प्रदर्शनीमा राखिने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।

‘२००७ सालदेखि २०६४ सालसम्मका इतिहासले समेट्ने फोटोहरू राखिन्छ । ती सबै फोटो गिरीजाबाबुसँग सम्बन्धित हुनेछन्,’ विश्वकर्माले भने ।

कोइरालालाई विमर्शको केन्द्रमा राखेर तीन शीर्षकमा बहससमेत हुने भएको छ । ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली वक्ताका रूपमा रहने छन् । उक्त बहसको सहजीकरण राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले गर्नेछन् ।

बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ । उक्त बहसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्नेछन् । समुन्नतिको दोस्रो जग विषयक बहसको सहजीकरण अर्थविद् विश्व पौडेलले गर्नेछन् ।

जन्मजयन्तीमा नौलो कार्यक्रमका रूपमा फोटो पत्रकारलाई पनि वक्ताका रूपमा राखेर बहस गर्न लागिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकको छलफलमा फोटो पत्रकारहरू चन्द्रशेखर कार्की, गोपाल चित्रकार, विकास रौनियार र प्रकाश माथेमा वक्ता हुनेछन् ।

फोटो पत्रकारसँगको संवादलाई पत्रकार सुधीर शर्माले सञ्चालन गर्ने भएका छन् । फोटो प्रदर्शनीका लागि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा गिरिजा प्रसाद कोइराला फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले केही फोटाहरु प्रदान गर्ने भएकी छन् । फाउण्डेसनले बनाएका फोटाहरुपनि प्रदर्शनीमा सामेल गरिने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पूर्वप्रधानमन्त्रीहरूलाई आमन्त्रण गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल