Birat Post मंगलबार, आषाढ १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर , १८असार।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । जीपी कोइराला फाउन्डेसन कोशी प्रदेश , मोरङ जिल्ला तथा विराटनगर समितिले सम्युक्तरुपमा विविध कार्यक्रम गरेको हो । फाउण्डेसनले कोशी अस्पतालमा फलफुल वितरण गर्नका साथै कोइरालाको तस्विर सहित नगरका विभिन्न भागको परिक्रमा गरी फुलमाला सहित श्रद्धान्जली अर्पण गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

फाउन्डेसन कोशी प्रदेशका अध्यक्ष सुधिर रेग्मी ,मोरङ जिल्ला अध्यक्ष राजकुमार मण्डल र विराटनगरका नगर अध्यक्ष प्रविन जोशी नेतृत्वमा अस्पतालका १ सय ५० जना विरामीहरूलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रममा फाउण्डेसन मोरङका पूर्व अध्यक्ष कौशल निरौला, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रविनराज सिंह, नेपाली कांग्रेसका युवा नेताहरु विनायक पन्त ,फाउण्डेशन प्रदेशको कोषाध्यक्ष शारदा मण्डल, प्रदेश सदस्यहरु चाँद इराकी, संझना पौडेल,जिल्ला सह सचिव अनुराग पाठक, सदस्य दीपक नेपाल लगायतको सहभागिता रहेको थियो ।

यसैगरी कोइरालाको जन्म शताब्दीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बहस कार्यक्रम आयोजना गरेको छ । त्यस्तै, कोइरालाको जीवनीसँग सम्वन्धित फोटो प्रदर्शनी समेत आयोजना गरिएको छ । प्रदर्शनीको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरवहादुर देउवा लगायत नेता पुगेका छन् । कांग्रेसले अन्य जिल्लामा पनि कोइरालाको जन्मजयन्तिको अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

गिरिजाप्रसाद कोइरालाको जन्म १९८१ असार १८ गते भएको थियो । २०६२/०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका कोइराला पाँचपटक प्रधानमन्त्री हुनुभएको थियो । उहाँको २०६६ साल चैत ७ गते काठमाडौंमा निधन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
एक महिने स्वस्थानी व्रतको आजबाट समापन
कोसी आमसञ्चार प्रतिष्ठान अध्यक्ष कार्यकारी बनाउन कांग्रेस सांसद पराजुलीको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल