Birat Post शनिबार, आषाढ २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ असार । विराटनगरमा ‘निदान’ चलचित्रको प्रदर्शन गरिएको छ । सुजल कोइरालाले यो चलचित्र निर्माण गरेका हुन् । कोइरालाले १७ वर्षको उमेरमा यो चलचित्र बनाएका हुन् । चलचित्रमा विद्यमान राजनीति र जनताको भावना अनुरुपका विकास नभएको भन्दै व्याङ्ग्यात्मक टिप्पणी गरिएको छ । शनिबार विराटनगरमा एक कार्यक्रममा बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले चलचित्र प्रदर्शनको सुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता पराजुलीले विराटनगर राजनैतिक चेतनाको थलो मात्रै नभएर चलचित्र,साहित्य र कलाक्षेत्रका हरेक विधामा सशक्त रहेको बताए । कलिलो उमेरमै चलचित्र बनाएर सामाजिक क्षेत्रका कुराहरु उठान गरेको भन्दै उनले कोइरालाको प्रशंसा गरे । चलचित्र,साहित्य र कलाक्षेत्र लगायत अन्य विधामा केही गरौ भन्नेहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

शेैक्षिक अभियन्ता तथा एभरेष्ट बोर्डिङका प्रिन्सिपल टिकाराम पुरीले किशोर अवस्थामै चलचित्र बनाएर कोइरालाले आफ्नो भविष्यको शुरुवात गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । उनी आफ्नो विद्यार्थी पनि भएको र नजिक बाट भविष्य बोकेको उर्जाशिल विद्यार्थीकारुपमा आफुले लिएको बताए ।

विराटनगर स्थित परोपकार सामुदायीक भवनको सभाहलमा भएको कार्यक्रममा विराटनगर-३ का वडाध्यक्ष बासु बस्नेत, चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधान ,कलाकार इन्द्र परियार,गायक प्रवलदीप विश्वास लगायतको सहभागिता रहेको थियो । सयौ दर्शकहरुले चलचित्र च्यारिटी सो हेदै कोइरालाको प्रशंसा गरेका थिए । विराटपोष्ट संग कुरा गदै सुजलले आगामी दिनहरुमा अझ उत्कृष्ट फ्लिम बनाउन सकिने बताए । कलाक्षेत्रमा केही गरौ भन्ने भावनाका साथ यो क्षेत्र रोजेको कोइरालाले बताए ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल