Birat Post आइतबार, आषाढ २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ असार । पूर्व राजा ज्ञानेन्द्र शाहको ७८औं जन्मजयन्ती विराटनगरमा मनाइएको छ । एकीकृत राष्ट्रिय संघर्ष समितिले आइतबार शाहको जन्मोत्सव मनाएको हो । शाहको तश्विरमा माला तथा खादा लगाएर जन्मजयन्ती मनाइएको थियो ।

संघर्ष समितिका अध्यक्ष बल्लभप्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल विद्धत परिषदका केन्द्रीय अध्यक्ष जितबहादर अर्जेल र नेपाल सदभावना मञ्चका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री बद्रिप्रसाद मण्डल राष्ट्रवादी अभियन्ताहरु दिनेश राउत,रमा प्रसाईं, पुष्पराज दाहाल,अवु गुरूङ, अखण्ड नेपालका प्रतिनिधि स्वयम्भूनाथ कार्की, हिडपाली समाजका प्रतिनिधि श्याम अधिकारी लगायतको सहभागिता रहेको थियो ।

यसै क्रममा समितिका अध्यक्ष बल्लभप्रसाद दाहालले नेपालमा बसोवास गरिरहेका प्रत्येक नेपाली राजावादी भएको जिकिर गरेका छन् । जो राजावादी होइन त्यो नेपाली हुन् नसक्ने भनाई उनको थियो । नेपालको धर्म र संस्कृति बुझ्ने प्रत्येक नेपाली राजावादी हुन् । जो धर्म र संस्कृति बुझ्न सक्दैन त्यो नेपाली हुन् सक्दैन अध्यक्ष दाहालको तर्क थियो । उनले नेपालमा राजसंस्था अपरिहार्य रहेको बताए । दाहालले भने, “अहिले हामी कराइरहेका छौ,देश भनेको केहो?राजा भनेको के हो? राष्ट्रियता भनेको के हो ? भाषा,धर्म के हो भनिरहेका छौं , यदी यो सुनाउने मानिस जुन दिन सकिन्छ त्यो दिन देशको मूल मर्म र मेरुदण्ड सकिएको हुनेछ ।” यसैले हरेका नेपाली नागरिक सचेत बन्न आवश्यक छ । एकीकृत राष्ट्रिय संघर्ष समितिले हिन्दू राज्य र राजसंस्था फर्काउने अभियान छेडेको छ । यसले विभिन्न जिल्लामा संगठन विस्तार र चेतना फैलाउने काम गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल