Birat Post बिहिबार, आषाढ २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२७ असार ।  सरकारले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरि पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारी वर्षाका कारण राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि लागू नगर्ने गरि पहल गर्न निर्देशन दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुकका विभिन्न स्थानहरुमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरि पहल गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’

यस्तै, उनले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय गरेको पनि गरेको बताइन् ।

उनले भनिन्, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गरी सोको सूचना राजपत्रमा प्रकाशन गर्ने,’ यसको साथै, उनले स्थानीय तह, राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०८१ स्वीकृति गर्ने र सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय पनि भएको जानकारी दिएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल