Birat Post आइतबार, आषाढ ३१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,३० असार ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

कोशी प्रदेश, मधेस, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ  ।  विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना  छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका केही  स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही  स्थानमा मेघगर्जन र चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना छ ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल