Birat Post बुधबार, साउन २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२३ साउन । नुवाकोटमा बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा हेलिकोप्टर दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी प्रहरीसहित घटनास्थलमा पुगेका छन् । उनले भने, ‘हामीले दुर्घटनाग्रस्त हेलिकोप्टर देखेका छौँ । चालक दलसहित ५ जना परेको देखिएको छ । प्रहरी घटनास्थलमा पुगेको छ ।’ एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।

शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।हेलिकोप्टरमा ४ जना सवार रहेको बताइएको छ । कोइरालाका अनुसार स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।

दिउँसो १ बजेर ३० मिनेटमा चिनियाँ पर्यटक लिएर काठमान्डौंवाट स्याफ्रबेंसी उडेको एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटना भएको हो । क्याप्टेन अरुण मल्लले उडाएको उक्त हेलिकोप्टरमा क्याप्टेन र ४ विदेशी सवार रहेका एसपी कोइरालाले बताए । स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर दुर्घटनामा परेको हो ।

नेपालमा पहिलो दुर्घटना नै उच्चस्तरीय टोली (भीभीआईपी) सवार हेलिकप्टर दुर्घटनामा परेको थियो । २०३६ साल पुस १२ गते भएको पहिलो हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल