Birat Post आइतबार, भाद्र ०९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ भदौ । ट्रेन्डिङ लुगालाई बजारमा सबैभन्दा छिटै उतार्ने गरी विराटनगरमा ड्रर रुम रेडीमेड लुगा पसल खुलेकाे छ । विराटनगरकाे कलेजराेडमा औपचारिक रुपमा शनिवारबाट ड्रेस रुम खुलेको हो । शिक्षादीप कलेज अगाडी रहेको ड्रेस रुम आउटलेटमा रु ५०० देखीनै छानीछानी ट्रेन्डिङ लुगाहरु पाइने प्रोपाइटर रेजी शाहीले गराएकी छिन् ।

द अल्टीमेट फेशन एक्सपिरियन्स स्लोगनसहितको यो पसलमा पूर्णतः लेडिज वेयर उपलब्ध छ । साथै यस स्टाेरमा लेडिज वेयरका लेटेष्ट आइटम अनिवार्य रुपमा पाइने हुँदा पनि यो पसल अरुभन्दा भिन्नै अनि खास छ । उमेर समूहकै कुरा गर्दा १६ देखी ४० आसपासका सम्पूर्ण महिलाहरुका लागि यहाँ रोजेको खोजेको लुगाहरु समेत पाइने गरेको कुरा संचालिका शाहीले बताइन् । बजारमा चलेको मूल्यभन्दा सस्तो , राम्रो अनि टिकाउ भरपर्दोको लागि ड्रेस रुमनै सवैभन्दा उत्तम रहेको संचालिका शाहीेले जानकारी गराइन् ।

ड्रेस रुम नजिकमा विराटनगरका चल्तीका कलेजहरु ,शिक्षा दीप , सगरमाथा , अरनिको , कान्तिपुर , ग्रीनल्याण्ड लगायतका भएकै कारण पनि यस ड्रेस रुममा टिनएज ग्रुपका विद्यार्थीहरुको राम्रै भीडभाड रहने देखिन्छ । साथै तीज लगायत ठूला ठूला चाडवाड नजिकिएसँगै पसलको चहलपहलमा निकैनै तीव्रता आउनेमा संचालिकाको विश्वास छ । यसका अलावा ड्रेस रुमकी प्रो. रेजी विगतदेखीनै इ कमर्शमार्फत मार्केटिङ गरिरहेको अनुभव सँगै , इन्स्ट्राग्राम , टिकटकमा राम्रो फलोअर भएको लगायतका कारणले गर्दापनि यस पसलले विराटनगरमा राम्रै स्पेश लिने देखिन्छ ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल