Birat Post बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

विर्तामोड, १ कार्तिक । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन झापाको बाह्रदशी गाउँपालिकामा लाग्ने फूलबारी मेला बिहीबारबाट शुरु भएको छ। स्टल बुक गरिसकेका व्यापारीहरुले बुधबार रातिदेखि नै मेलामा दोकान लगाउने ताँझोमाझो मिलाइरहेका छन्। केही व्यापारीहरु बिहानआएर मेलामा पसल लगाउन थालिसकेका छन्।

फास्ट फुड तथा मिठाई व्यापारीहरुले मेलामा बिहानदेखि नै जुलेबी, निमकी लगायतका खानेकुरा बनाएर बेचबिखन समेत शुरु गरिसकेका छन्। मेलामा दिउसो १२ बजेदेखि बेलुकीको ७ बजेसम्म अत्याधिक भीडभाड हुने गर्दछ। नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित यस मेलाका लागि जुलेबीका ८० वटा स्टल बुक भइसकेको छ। त्यसैगरी चटपटेका ६० वटा, फास्टफुडका ४० वटा र खेलौनाका २५ वटा स्टल पनि बुक भइसकेका छन्।

फुलबारी माविको खुला दश बिघा क्षेत्रफलमा लाग्ने यो मेलामा कुल ४०० भन्दा बढी व्यापारीले सहभागिता जनाउने अनुमान गरिएको छ। व्यापारीहरुको लस्कर ठाँउ माग्नको लागी विहानदेखी आईरहेको र स्टक बुक गर्ने क्रम अहिलेपनि जारी रहेको आयोजकले जानकरी दिएको छ । ५ ६ दशकदेखि चल्दै आएको यो पारम्परिक मेलामा स्थानीय संस्कृतिक खानपान, लुगाफाटा, परम्परागत प्रदर्शनीहरु र बालबालिकाका लागि विभिन्न मनोरञ्जनका साधनहरू पाइन्छन्। रोटीपिङ र झुलुङ्गा जस्ता खेलहरूले मेलालाई थप आकर्षक बनाउँछन्।

मेलाको मुख्य आकर्षण संथाल नृत्य हो, जसमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट कलाकारहरू सहभागी हुन्छन्। मेला प्रचार प्रसार विभागका संयोजक खेम पौडेलका अनुसार यस वर्ष १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति हुने र ३ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। शुरुमा आदिवासी समुदायले थालनी गरेको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलो बनेको छ, जसले नेपालको बहुसांस्कृतिक पहिचानलाई झल्काउँछ।

सम्बन्धित

ताजा अपडेट
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन : १ बजेदेखि मतदान, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना
सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल