Birat Post आइतबार, मंसिर ०९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, ९ मंसिर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रसाईँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले साइबर क्राइम कसुरमा पक्राउ गरेको थियो । यसअघि अदालतबाट लिएको अनुमति आज सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले उनलाई पुनः ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईँलाई यसभन्दा अघि पनि अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनको यो दोस्रो पटक म्याद थप हो ।

साथै, अदालतले प्रसाईँको उपचारको प्रबन्ध मिलाउनसमेत आदेश दिएको छ । प्रसाईँ क्यान्स रोगका विरामी हुन् । प्रसाईविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ, संगठित अपराधलगायतका कसुरमा अनुसन्धान गरिरहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलर लगानी गरेको दाबी गर्दै एक भिडियो सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल