Birat Post बुधबार, मंसिर १२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ मंसिर । सनातन हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गर्दै लामोसमयदेखि विराटनगर कार्यक्षेत्र बनाएर अभियानमा होमिएका राजनीतिकर्मी बल्लभ प्रसाद दाहाल बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेका छन् ।

विराटनगरमा आयोजित एक कार्यक्रमका बीच राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले दाहाललाई पार्टीमा प्रवेश गराएर स्वागत गरेका थिए । पार्टीको केन्द्रीय जिम्मेबारीमा प्रवेश गराएको भने पनि पदको विषयमा भने कार्यक्रममा जानकारी दिइएन ।

पार्टीको मुल राजनीति भन्दा झण्डै १० बर्ष बाहिर रहेर वर्तमान राजनीतिलाई नियाली रहेका उनी केही समय यता एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङको अध्यक्ष भएर पूर्वराजा र राजसंस्थालाई फर्काउने अभियानमा लागेका थिए । दाहाल झण्डै २ सय भन्दा बढि सक्रिय कार्यकर्ताका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सो कार्यक्रममा नेपाल विद्त परिषदका केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल र नेपाल सदभावना मञ्चका अध्यक्ष एवं पूर्वमन्त्री बद्री प्रसाद मण्डल र नेपाल विद्त परिषदका केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल समेत सोही कार्यक्रममा सहभागी थिए ।

उनीहरु दुवै पूर्वराजा र राजसंस्थालाई फर्काउने अभियानको एकीकृत राष्ट्रिय संघर्ष समितिको सल्लाहकार छन् । यस्तै कार्यक्रममा राप्रपा नेपाल कोशी प्रदेश संयोजक माधव आचार्य र मोरङ जिल्ला अध्यक्ष कुमार ढकालले दाहालको प्रवेशले राप्रपा नेपाललाई अभिभावक मिलेको बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल