Birat Post बुधबार, मंसिर १२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१२ मंसिर। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका उनलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । उनीमाथि साइबर अपराधमा अनुसन्धान भइरहेको छ । त्यसैबीच प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको रिट न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले खारेज गरिदिएको हो ।

प्रसाईंले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। जसमा १४ मे २०१९ मिति राखिएको एउटा कागजमा लगानी रकम २१ करोड यूएसडी तथा लगानीकर्ता खड्का प्रसाद ओली उल्लेख छ ।

यद्यपी प्रधानमन्त्रीको नाम खड्ग प्रसाद ओली हो । प्रसाईंले विदेशमा लगानी गरेको विषयमा पर्याप्त प्रमाण पनि पुष्टि गर्न सकेका छैनन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल