Birat Post मंगलबार, फाल्गुण ०६, २०८१ मा प्रकाशित

featured photo: Birat Post
विराटनगर,६ फाल्गुन ।  कोशी अस्पताल विराटनगरमा आजदेखि पाँच शैय्याको पोष्ट अपरेटिभ वार्ड सञ्चालनमा आएको छ । अस्पतालमा उपलव्ध स्रोत साधनकोे प्रयोग गरी भेन्टिलेटर सहितको वार्ड सञ्चालनमा ल्याइएको हो । शल्यक्रियापछि विरामीलाई राख्न उक्त वार्ड आवश्यक रहेको थियो । यसअघि शल्यक्रिया पछि विरामीलाई  आइसियु तथा विरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. रुना झाले वार्डको उद्घाटन गर्दै अस्पतालमा रहेको स्रोतको अधिकतम प्रयोग गरी विरामीलाई गुणस्तर स्वास्थ्य सेवा उपलव्ध गराउनु मुख्य उद्देश्य रहेको बताउनु भयो ।
उहाँले अस्पतालमा हाल नसिङ्ग जनशक्ति प्रयाप्त रहेको वार्ड सञ्चालन गर्न सहज भएको बताउँदै  दैनिक आठ विरामीको शल्यक्रिया गरिदै आएको छ। अस्पतालमा स्वदेशी तथा भारतीय सीमा क्षेत्रका नागरिकहरुले सेवा लिइरहेका छन् । कोशी अस्पतालमा प्रदेशका ठूलो अस्पताल हुनुका साथै यहाँ जाडो मौसममा  दैनिक नौ सय र गर्मी मौसममा एक हजार तीन सय विरामीले वहिरङ्ग सेवाप्राप्त गरिरहेका छन्। नेपालको जेठो अस्पताल हुनुका साथै १३० वर्ष पुरानो भएको अभिलेखमा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल