Birat Post मंगलबार, भाद्र १७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ भदौ /युवा कवि प्रिन्स प्रमोदकुमार ढकालद्वारा लिखित ‘समयका तरङ्ग’कविता संग्रहको लोकार्पण गरिएको छ । विष्णुमाया पुस्तकालयले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा संग्रहको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक कविराज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, राष्ट्रियसभाका पूर्व सदस्य तथा प्राज्ञ खेम नेपाली, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, नेकपा एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य महेश रेग्मी, लेखककी आमा सीतादेवी ढकाल, श्रीमती हुमादेवी भट्टराईलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

विमोचित कृतिमाथि साहित्यकार विवश पोखरेल, गंगा सुवेदी र बाबुराम पोखरेलले टिप्पणी गरे ।कविता संग्रह भित्रका कविता फूलझैं कोमल भएको उनीहरुको भनाइ थयो । समयको तरंगभित्र सबै स्वादका कविता पढ्न सकिने समीक्षकले बताए । विराट साहित्य संगमले प्रकाशित गरेको समयका तरंगभित्र विभिन्न विषयवस्तुमा केन्द्रित भएर लेखेका ७२ वटा कविता संग्रहित छन् । आमा शीर्षकको कविताबाट सुरु भएर राष्ट्रियता शीर्षकमा टुंगिएको छ । कवि ढकालका यसअघि अतीतको डायरीबाट कविता संग्रह प्रकाशित भएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल