Birat Post मंगलबार, मंसिर ०९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडाैं ,९ मंसिर। दाेस्राे संस्‍करणकाे नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले दाेस्राे जित दर्ता गरेकाे छ । काठमाडौंले लुम्बिनी लायन्समाथि २२ रनकाे राेमाञ्चक जित दर्ता गरेकाे हाे ।

काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो । खेलमा लुम्बिनी लायन्सका ब्याट्सम्यानहरूले उत्कृष्ट सुरुवात गर्न सकेनन्। मध्यमक्रमका ब्याट्सम्यान दिलिप नाथले २५ रन र शेर मल्लले २७ रन जोडेर केही आशा जगाए पनि ठूलो साझेदारी बन्न सकेन। ओपनर सन्दीप जोरा ७ रन र डीुआर्सी सर्ट ११ रन सस्तोमै आउट भएपछि टिम दबाबमा परेको थियो।

बलिङतर्फ, करण केसीले ४ ओभरमा ३६ रन खर्चेर एक विकेट लिए भने मिलिन्द कुमार र एरास्मसले समान २ विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।काठमाडौंको इनिङ्समा कप्तान करण केसीको विष्फोटक ब्याटिङ मुख्य फिनिसिङ रह्यो । करणले मात्र ११ बलमा ३४ रनको धुँवाधार इनिङ्स खेल्दै टोलीको स्कोरलाई सम्मानजनक अवस्थामा पुर्‍याएका थिए । ओपनर आकाश त्रिपाठीले भने जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै सर्वाधिक ३२ रन बनाए। उनले ३६ बलको सामना गरे। मध्यक्रममा सन्तोष यादव ले १६ बलमा २६ रनको महत्त्वपूर्ण योगदान दिए।

टिमको सुरुवात भने राम्रो हुन सकेन। बेन चार्ल्सवर्थ र राशिद खान सस्तैमा आउट भएपछि काठमाडौंको ५ विकेट जम्मा ७३ रनमै पतन भएको थियो। त्यसपछि सन्तोष यादव, गेर्हार्ड इरास्मस र करण केसीको उपयोगी इनिङ्सको मद्दतले टोलीले १५० को आँकडा पार गर्न सफल भएको थियो ।

यता लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेल, शेर मल्ल, गुल्बादिन नायब, रुवेनले समान २ विकेट लिए। चार खेल खेलिसकेको काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो । काठमाडौं दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

यता लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
महाधिवेशनमा होमियो एमाले, प्रतिनिधिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक
प्रधानमन्त्रीको टेबलमा राजसंस्था पुनर्स्थापनाको माग
लुम्बिनीमाथि काठमाडौंको रोमाञ्चक जित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल