Birat Post मंगलबार, मंसिर २३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२३ मंसिर।
कोशी सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले योग प्रशिक्षक उत्पादन गर्न थालेको छ । प्रदेशका विभिन्न संघसँस्थाहरु र पालिकाहरुको सहकार्यमा मनमोहनले चरणबद्ध प्रशिक्षण दिलाएर योग प्रशिक्षक उत्पादन गर्न थालेको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्ने नदिन मानिशलाई स्वस्थ्य बनाउने उदेश्य लिएर समाजिक उत्तरदायित्व अन्तर्गत दक्ष गुरुबाट योग प्रशिक्षण दिलाएर योग प्रशिक्षक उत्पादनमा सहयोग गरेको विश्वविद्यालयका तालिम संयोजक विकास राईले बताए ।

संयोजक राईका अनुसार २० मंसिरमा झापाको दमक स्थित ८ नम्बर वडा कार्यालयको आयोजनामा विश्वविद्यालयका उपकुलपति डाक्टर सुवाषश्री पोखरेलले ४५ दिने योग प्रशिक्षण उदघाटन गरेको छन । ५० जना सहभागी उक्त्त प्रक्षिण शिविरमा दमक नगरपालिका उपमेयर रेगिना भट्टराई , वडा न ८ वडा अध्यक्ष धर्मप्रसाद दाहाल र स्थानिय बुद्धिजिवि समाजसेवीहरुले सहभागीता जनाएका थिए ।
यसैगरि पाँच महिना अघि मोरङको उर्लावारीमा स्थानिय ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा योग प्रशिक्षण शिविर सञ्चालन गरेर ४४ जनायोग प्रशिक्षक विश्विद्यालयले गरेको थियो ।

विश्वविद्यालयले दक्ष योग गुरुबाट तीन चरणको योग प्रशिक्षण दिएर प्रशिक्षकहरु उत्पादन गराउँछ । योग शिविरमा प्रशिक्षण दिने गुरु र उत्पादन भएका प्रशिक्षकहरुले प्रशिक्षण दिएको एक बर्षसम्मको खर्च विश्वविद्यालयले बेहोर्छ । कोशी प्रदेशका गाउँ गाउँसम्म योग प्रशिक्षकहरुलाई पुरयार मानिशलार्इृ स्वस्थ्य बनाउने मनमोहन विश्वविद्यालयको लक्ष्य रहेको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ एप्लाईड हेल्थ साईन्स मार्फत चाँडै प्राकृतिक चिकित्सा सम्बन्धि उच्च शिक्षाको पठनपाठन पनि संचालन गराउने तयारी गरिरहेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल