Birat Post सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

अहिले नेपालमात्र हैन संसारकै शिक्षामा काेराेना भाइरसले अबराेध सृजना गरेकाे छ । याे अवराेध नेपालकाे शिक्षाकाे सन्दर्भमा अहिलै समाप्त भैहाल्छ भन्ने अवस्थामा देखिदैन । एकातिर विद्यार्थी भाइवैनीहरुले परीक्षा दिई सकेकाे भएपनि त्यसकाे नतिजा निस्कन सकिरहेकाे छैन नतिजा  नआएकाे अवस्थामा माथिल्लो कक्षामा जान पाइन्छ या पाइदैन भन्ने विषयमा उनीहरु ढुक्क हुन सकेका छैनन ।

कक्षा दाेहाेर्याउने कि माथिल्लो कक्षा पढ्ने भन्ने अन्याेलताका विचमा अभिभावक ज्यु हरु पनि प्राप्त अनलाइन वा अफलाइन सामाग्रीहरुकाे ब्यवस्थापन गरिदिन सक्ने अवस्थामा हुनुहुन्न ।अर्कोतर्फ SEE तथा ११ र १२ कक्षा, CTEVT का डिप्लाेमा साथै उच्च शिक्षा लगायतका कक्षाहरुका कैयाै विद्यार्थी परीक्षा दिनवाटै वञ्चितछन । यस्तो अवस्थामा परीक्षा दिन नपाउदा काे अन्याेलताले कैयाै विद्यार्थी भाइवैनीहरु डिप्रेसनकाे अवस्था छन ।काेराेनाकाे आतङ्क भन्दा पनि अाफ्नाे याेजना चाैपट्ट हुनेमा उनीहरु वढी चिन्तित छन ।

थाहा सवैलाई छ याे विषम परिस्थितिका वारेमा ।तर संकट लामाे समय सम्म रह्यो भने के गर्ने त ? पक्कै याेजना चाहिन्छ । लाग्ला, वाचियाे भने, शिक्षा त्यसपछी चाहिन्छ ।हैन । हरेक कुराकाे निकास अावस्यक छ। जुन क्षेत्र काे जनशक्ति जहाँ छ उसैलाई उपयाेग गरेर निकास निकाल्न पनि सकिन्छ । संकटकाे घडीमा अप्ठ्यारो लाग्ने निर्णयहरु पनि गर्नु जरुरी छ । जुन निर्णय सहज नदेखिन सक्छ ।अपेक्षित नहुन पनि सक्छ । त्यसैले यस अवस्थालाई निकास निकाल्न केही उपाय अपनाउन सकिन्छ ।

– फिनल्यान्ड काे शिक्षा संसारकै उत्कृष्ट शिक्षाकाे रुपमा लिइन्छ,त्यहाकाे विद्यालय तहका कक्षा ११ सम्म कुनै पनि कक्षामा परिक्षानै लिइदैन कक्षा १२ मा पुगेपछि मात्र म्याट्रिकुलेसन परीक्षाकाे रुपमा एउटामात्रै परीक्षा लिने ब्यवस्था छ । हामीले पनि यसपटक साेही प्रक्रियालाई अवलम्वन गरेर विद्यालय लाइनै मुल्यांकन काे जिम्मेवारी दिने ।
– संकटकाे घडीमा भैरहेका एेन नियमहरु पनि कार्यन्वयन नहुन सक्छन। आवस्यक परेमा भएकालाई पनि निलम्वन गर्नु पनि पर्छ । यसरी संविधानमा ब्यवस्था भएकै आधारलाई टेकेर याे वर्षकाे बिद्यालय तहकाे परीक्षा संचालनकाे जिम्वेवारी स्थानिय निकायलाइ दिने ।
-स्थानिय तहहरुले विद्यालयका तिनै शिक्षकले पढाएका विद्यार्थी काे अन्य कक्षाकाे मुल्यांकन विद्यालयले गर्दा भइरहेकाे सन्दर्भलाई जाेडेर मुल्यांकन गर्ने अधिकार विद्यालयलाईनै दिने।

-विद्यालयले तयार गरेकाे लेजर स्थानिय निकाय मार्फत केन्द्रमा पठाउने ब्यवस्था मिलाउने ।
– केन्द्रले लेजर प्रमाणित गरि रिजल्ट आउट गर्ने ब्यवस्था मिलाउने ।
– तयार भएका प्रश्नपत्र स्थानिय निकायलाई नै जिम्मा दिने ।
यसरी पनि प्रभावकारी मुल्यांकन हुन सक्दैन भने कक्षा १२ वाहेक का सवै परिक्षार्थीहरुलाइ विद्यालय मार्फत अपग्रेड गर्ने ब्यवस्था मिलाउने ।

यसरी विद्यार्थी अपग्रेड भैसकेपछी विद्यार्थी ले थप कक्षाकाे लागि तयारि गर्ने अवसर प्राप्त गर्न सक्छन । हाल नेपालका सवै विद्यार्थी अनलाइन काे पहुँचमा नभएकाेले दुर शिक्षाकाे माध्यमवाट रेडियाेलाई उपयाेग गरि कक्षा संचालन गर्ने ब्यबस्था मिलाउनु पर्दछ।

विद्यार्थीका लागि स्वअध्ययन कसरी गर्ने ?अनलाइन अफलाइन सामाग्री कहाँ बाट कसरी प्राप्त गर्ने? शिक्षक विद्यार्थी विच सामाजीक दुरी कायम गरि कसरी परामर्श प्रदान गर्ने । विद्यार्थीहरुलाई क्लष्टरिङ गरि शिक्षक हरुलाइ कसरी उपयाेग गर्ने भन्ने वारेमा तत्कालै याेजना निर्माण गरि कार्यन्वयन गरिनु जरुरी छ। ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल