Birat Post सोमबार, बैशाख २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २२ बैशाख /
लकडाउनका कारण ब्यवसाय धरासायी बन्दै गएको भन्दै विराटनगरका व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । विराट व्यापार संघको नेतृत्वमा पुगेको टोलीले विराटगर महानगरका मेयर भीम पराजुलीलाई उक्त व्यहोराको ज्ञापनपत्र बुझाएका हुन् ।
साना व्यवसायीहरु जोखिम अवस्थामा परेको भन्दै तत्काल राहत हुने काम गर्न आग्रह गरेका छन् ।

लकडाउन अवधि तथा लकडाउन समाप्त भएको ३ महिनासम्मको घर बहाल कर, व्यवसायिक कर तथा घरजग्गा करमा छुटको व्यवस्था गर्न माग गरिएको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले जानकारी दिए । कर्जाको हकमा शतप्रतिशत ब्याज छुट हुनुपर्ने तथा लकडाउनपश्चात सहुलियत दरमा ब्याज भुक्तानीका लागि ६ महिनाको समयसीमा प्रदान गर्नुपर्ने माग राखेका छन् ।

यस्तै विराट व्यापार संघ सहितको व्यपारिहरुको टोलीले सोमवारनै प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की र जिल्ला प्रशासन कार्यालय मोरङ्गका प्रमुख मदन भुजेल समेत ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा होटल तथा पेय पदार्थ व्यवसायी संघ, मदिरा व्यवसायी संघ, खुद्रा व्यापार संघ, मोरङ्ग ईलेक्ट्रीक संघ, नेपाल मुद्रण उद्योग संघ, नेपाल औषधी व्यावसायी संघ लगायतका १२ वटा व्यापारिक संघसंस्थाहरुले ऐक्यबद्धता जनाएका छन् । प्रदेश सरकार र विराटनगर महानगरको तर्फवाट व्यवसायीको मागलाई उचित सम्वोधन गर्ने आश्वासन पाएको अध्यक्ष थापाले बताए ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो मिल्स क्रिकेट प्रतियोगिता सुरु, दिल्ली र एनबीएससी विजयी
नेपालमा बाँझोपन संवन्धी समस्या, लैंगिक हिंसा पनि बढ्दो
नोटमा नक्सा छाप्दा अरु देशले चिन्ता गर्नु पर्दैनः ओली

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल