Birat Post शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ बैशाख /
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सवैकुराको जिम्मेवारी सरकारले लिन नसक्ने बताएका छन् ।
एलिट क्लब विराटनगरको आयोजनामा शुक्रबार सम्पन्न ‘नेपाली अर्थतन्त्रको भावी कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै मन्त्री आङ्बोले यस्तो बताएका हुन् । कोरोनाको यो विपत्तिमा सवैले आ–आफ्नो क्षेत्रवाट जिम्मेबारी बहन गर्न आग्रह गरे । सरकार एक्लैले विपत्तिको सामना गर्न नसक्ने भन्दै उनले सहुलियत र राहतको मात्र कुरा गरेर सरकारको आलोचना नगर्न आग्रह गरे ।

निजी क्षेत्र आफु आफैंमा लडेर सामन्त, नवसामन्त, दलाल र घूसखोर जस्ता आरोप प्रत्यारोपमा उत्रीरहेको भन्दै उनले यस्ता कार्यहरुको संम्वोधन सरकारले गर्न नसक्ने बताए । निजी क्षेत्रकै व्यक्तिहरुको बैङ ,बजार र उद्योग भइरहदा आपसमा समन्वय गर्ने र मिलाउन सक्ने कुरा समेत राज्यले मिलाइदिनु पर्ने भन्दै अर्थमन्त्री आङ्बोले प्रतिप्रश्न गरेका थिए । वैदेशिक रोजगारीबाट फर्किन सक्ने र यही बसेका बेरोजगार युवा लक्षित ग्रामिण कृषि कार्यक्रम ल्याउन आबश्यक पहल भइरहेको उनले बताए ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले कोभिड–१९ का कारण ठूलो व्ययभार खप्नु परेको र विकास निर्माणका कार्यहरु प्रभावित बन्न पुगेको बताए । उनले संघीय ,प्रदेश र स्थानीय सरकारका कार्यक्रमहरु जनमुखी बन्न आबश्यक रहेको औल्याए । कोरोनाका कारण सिमान्तकृत तथा श्रम गरेर खाने बर्ग सवै बढी प्रभावित भएको भन्दै उनीहरुका लागि सोच्न जरुरी भइसकेको बताए ।

प्रदेश नम्बर १ का प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले विकासका मोडल परिवर्तन गरेर कार्यक्रम बनाउन आबश्यक भएको बताएका छन् । साना किसानलाई प्रोत्साहन गर्न आबश्यक भएको उनले बताए । अर्थशास्त्री डा. भेषप्रसाद धमलाले जनमैत्री बजेट बनाउन र कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । नेपालमा आर्थिक विकासको क्रान्ति कृषि क्षेत्रवाट गर्न सकिने भन्दै उनले कृषकहरुलाई सहभागिता जनाउने खालका बजेट तथा कार्यक्रम ल्याउन आग्रह गरे ।

क्लवका अध्यक्ष बिश्वनाथ रिजालको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की, अर्थशास्त्री खगेन्द्र आचार्य ,उद्योगी तारानाथ निरौला, बरिष्ठ पत्रकार यज्ञ शर्मा,अनन्तराज न्यौपाने ,लिलावल्लभ घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल