Birat Post शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ, २७ वैशाख ।

आगामी मङ्गलबारदेखि सेयर बजार कारोबार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले मङ्गलबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरन्जन गिरीले जानकारी दिएका छन् ।

चैत १० गतेदेखि धितोपत्र बजार बन्द गरिएको थियो । बजार खुलाउनका लागि आइतबार र सोमबार आवश्यक तयारी गरेर मङ्गलबारदेखि दैनिक ११ः०० देखि १ः०० बजेसम्म सेयर कारोबार हुने गरी बजार खोल्ने तयारी भएको धितोपत्र बोर्डले जनाएको छ । दैनिक दुई घण्टाको कारोबार गर्दा सुरुको कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्न पनि धितोपत्र बोर्डले निर्णय गरेको छ ।

त्यस्तै धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रूपमा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने र धितोपत्र खरिद गर्दा पनि आईपीएस या विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहन गरिने बोर्डले जनाएको छ । यो व्यवस्थालाई आगामी साउनदेखि भने अनिवार्य नै गरिने पनि निर्णय भएको प्रवक्ता निरन्जन गिरीले बताएका छन् । गोरखापत्रबाट

सम्बन्धित

ताजा अपडेट
तेस्रो मिल्स क्रिकेट प्रतियोगिता सुरु, दिल्ली र एनबीएससी विजयी
नेपालमा बाँझोपन संवन्धी समस्या, लैंगिक हिंसा पनि बढ्दो
नोटमा नक्सा छाप्दा अरु देशले चिन्ता गर्नु पर्दैनः ओली

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल