Birat Post मंगलबार, जेठ ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

– आयुश बडाल /

आज बिश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरले मानिसमा शन्त्रास फैलाएको छ । नेपालपनि यस कुरावाट अछुतो रहन सकेन । देश अहिले लकडाउनमा छ । लकडाउनका कारण सवै भन्दा बढी शैक्षिक संस्था र त्यहाँ अध्ययनरत बालबालिकाहरु प्रभावित भएका छन् । शिक्षक,शिक्षिका हरु विद्यार्थीलाई अनलाइन कक्षा पढाइरहेका छन् ।

अहिले यो गज्जवको समय आएको छ । समयक्रममा यो अनलाइन शिक्षाको कुरा आएको छ । तर कोरोना भन्दा अगाडी अनलाईनको ज्ञान नै थियो न त तालिम नै। यसको प्रत्यक्ष अनुभव गर्ने ब्यक्ति म पनि हु । कम्प्युटर ,ल्यापटप,मोबाइल बाट ईन्टरनेटको माध्यमबाट लिइने शिक्षा नै अनलाइन शिक्षा भन्ने बुझे पछी म पनि यसको मारमा फसे । गरिब नेपाली जनता ज्याला मजदुरी गर्न जान नपाउदा ,एक छाक भात खाए र अर्को छाक के खाउ भन्ने पनि छन् । अवस्था दयनिय बनेको छ । कहाँ बाट पाउनु ल्यापटप अनि ईन्टरनेट? मोवाइल ?

अझ विद्यालयमा बन्देज लगाएको मोवाइल आज किन एकाएक आबश्यक भयो ? मोवाइल छुन नदिने अभिभावक कसरी एका एक बदलिए ? आज म पनि अचम्ममा परिरहेको छु । अर्को तर्फ धनी वर्गले पाउने अनलाईन शिक्षा र गरिबका छोराछोरीले खानै नपाउने स्थिती सिर्जना भइरहनु र राज्यले समेत स्वनिर्णय गर भन्नुमा भाती नमिले जस्तो लागेको छ ।

अर्को तर्फ पैसा उठाउने मनसाय र लुटाहा प्रबृर्तिनै हो भने त अनलाइन शिक्षा खासै प्रभावकारी हुन्छ भन्ने मलाइ लाग्दैन । नीतिगतरुपमा राज्यले विद्यार्थीका लागि कार्यक्रम ल्याउन आबश्यक छ । विद्यार्थीमा कोरोना भय पनि उत्तिकै छ । कतिपयमा मानसिक समस्या समेत सिर्जना हुन थालेको छ । बाल मनोबिज्ञानमा असर नपरोस भनेर राज्यका संयन्त्रहरु चनाखो हुन आबश्यक छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल