Birat Post बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ जेष्ठ ।
विराटनगर महानगरपालिका भित्रका बैंक तथा वित्तीय संस्थाहरु सन्चालनमा आउने भएका छन् । हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दिनको ४ घण्टा सेवा दिने गरी खोल्ने निर्णय भएको महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । लकडाउनका कारण पर्न जाने आर्थिक समस्या समाधानका लागि विकल्प सहित व्यवस्थापन गर्न खोजिएको पराजुलीले बताए ।

विहिवार बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसंग भएको छलफलमा यसखाले निर्णय भएको हो । सेवा प्रबाह र व्यवस्थापन गर्ने विषयमा महानगरका विपद व्यवस्थापन सम्पर्क व्यक्ति राजेन्द्र प्रधान, नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख रोशन सिग्देल र बैंकर्स एसोसिएसन विराटनगरका संयोजक निश्चल अधिकारीलाई तोकिएको छ ।

समितिले बैंक खुल्ने समय र व्यवस्थापनको तालिका बनाउने छ । विराटनगरमा २७ वटा वाणिज्य बैंक, ४ वटा फाइनान्स कम्पनी र १० वटा विकास बैंकका शाखा सञ्चालनमा छन् । प्राय धेरै बित्तीय संस्थाहरु एकै ठाउँमा रहेका कारण पालो सिस्टममा व्यवस्थित बनाउने र सामाजिक दुरी कायम राखेर खोल्ने विषयमा तयारी भइरहेको महानगरका विपद व्यवस्थापन सम्पर्क व्यक्ति प्रधानले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल