तुलसी प्रसाद दुलाल शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

निःशुल्क शिक्षाका नाममा सामुदायिक विद्यालयको कन्तबिजोग हेर्न पनि त सक्दैनौं । सार्वजनिक विद्यालय शिक्षाको अवशान हुन दिनु पनि हुँदैन । यसका लागि सबै खाले शैक्षिक संस्थाहरूको उचित व्यवस्थापन हो । सार्वजनिक तथा निजीविद्यालयको उचित व्यवस्थापन गर्नु नै हो ।पेसाप्रति समर्पित शिक्षक भएमा भौतिक संरचना, शिक्षण सामग्री, सूचना प्रविधि, प्रयोगशालाको अभावमा चौरमा तथा टेन्ट मुनी पढाएर पनि अपेक्षित नतिजा निकाल्न सकिन्छ।

नेपालको संविधानले नै आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क गरिसकेको छ । अन्तर्राष्टिय सन्धि सम्झौतामा हामीले हस्ताक्षर गरिसकेका छौं कि ,आधारभूत शिक्षालाई अनिवार्य तथा निःशुल्क गर्ने भनेर । अब यसबाट हामी पछाडि फर्कन सक्दैनौं तर निःशुल्क शिक्षाका नाममा सामुदायिक विद्यालयको कन्तबिजोग हेर्न पनि त सक्दैनौं । सार्वजनिक विद्यालय शिक्षाको अवशान हुन दिनु पनि हुँदैन । यसका लागि सबै खाले शैक्षिक संस्थाहरूको उचित व्यवस्थापन हो । सार्वजनिक तथा निजीविद्यालयको उचित व्यवस्थापन गर्नु नै हो ।पेसाप्रति समर्पित शिक्षक भएमा भौतिक संरचना, शिक्षण सामग्री, सूचना प्रविधि, प्रयोगशालाको अभावमा चौरमा तथा टेन्ट मुनी पढाएर पनि अपेक्षित नतिजा निकाल्न सकिन्छ । सार्वजनिक विद्यालयको शिक्षाको सुधारमा कार्यालयीय समय १० देखि ४ बजेसम्म विद्यालयमा खटिएर पुग्दैन ।

अब बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म बनाउनु पर्दछ ।  शिक्षक तथा विद्यार्थी ब्यवस्थापनमा लाग्नु पर्दछ । सबै खाले बिद्यालयको सेवा क्षेत्र निस्चित बनाइ दिएर अफ्नो पालिका भित्रका शिक्षण संस्था सुधारमा लाग्नु पर्दछ । बिराटनगर बाट दुहबि, रंगेली , इटहरी, इनरूवा सम्म विद्यालयका बसहरू विद्यार्थी ल्याउने र लैनाने गर्दा न त पढाइ हुन्छ न समयको सदुपयोग । ब्यपारीले अफ्नो ब्यपारिक होडबाजीको अभास देखाउनु मात्र हो । बालबालिकाहरूको स्वास्थ्य स्थिति खराब त छदैछ यसले अझ समस्या ल्याएको छ । के त्यस पालिका भित्र विद्यालयहरू नभएर नै दैनिक ८० किलोमिटरको यात्रा बालबालिका लाइ किन गराइन्छ ? विद्यालय खुल्ने प्रत्येक दिन डाइनिया सम्म विराटनगरका विद्यालयका बस जाने र अ।उने समय हिसाब गर्ने हो भने पढाउने र पढने समय खोइ ?  के अव घुम्ति शिक्षा सुरू भएकै हो त ? शिक्षकको एक मात्र सरोकार प्रयाप्त समयमा विद्यार्थीको उचित सिकाइप्रति हुनुपर्छ ।

कुनै विद्यार्थीले सिक्न सकेन भने यसलाई चुनौती तथा अवसरका रुपमा स्वीकारेर सुधारका लागि अनुसंधान सुरू गर्नु पर्दछ र समयको माग अनुसार समाधान खोजिनु पर्दछ । स्थानिय सरकारले अ।फ्नो क्षेत्र भित्रका विद्यालयको सुधार गरि एउटा पालिका बाट अर्को पालिकासम्म वालवालिका टमाटर र अ।लुको ब्यपार जस्तो बजार लाने र ल्याउने कार्य तत्काल बन्द गर्नु पर्दछ ।विगतमा रुग्ण भएका विद्यालयको शिक्षणको माध्यम भाषा अङ्ग्रेजी समेत बनाएपछि नाटकीय ढङ्गले सुधार आएका विद्यालयहरू प्रति बढेको अ।कर्षण यथावत बनाउन भर्ना अबेदन प्राप्त भएका सबै विद्यार्थीहरू भर्ना लिन सक्नु पर्दछ ।

सार्वजनिक विद्यालयमा सुधार ल्याउन हरेक सार्वजनिक विद्यालयले प्रारम्भिक बाल शिक्षा वा पूर्व प्राथमिक शिक्षाको अनिवार्य रुपमा सुधार गर्नुपर्दछ । त्यसैले हरेक विद्यालयले प्रारम्भिक बाल शिक्षाका कार्यक्रम अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्दछ । विश्व त्रासमय अवस्थामा रहेको समयमा बाल बालिकाको पढन पाउने अधिकार केहि मात्रामा खोसिएको छ । केहि विद्यालय तथा संघ सस्थाहरूले संचालन गरेको अनलाइन तथा अफलाइन शिक्षण प्रभावकारी हुँदा हुँदै अचानक स्थगित गर्नु पर्ने बाध्यता भयो ।

विद्यार्थी भर्नाका समयमा प्रवेश परीक्षा लिई स्थान अभावका कारण भर्ना बन्द गर्नुपर्ने अवस्था बाट छुटकरा पाउन अब सबै अfबेदक विद्यार्थीहरूलाइ उनिहरूको रोजाइको विद्यालयमा हाल संचालित अफ्नो क्षेत्र भित्रका विद्यालयहरूलाइ रूपान्तरण गरि अध्ययन गर्ने अवसर दिनु पर्दछ ।जीवनोपयोगी सीपको शिक्षण सिकाइ, जीवनलाई सहज बनाउने जीवनोपयोगी सीप र आफ्नो व्यवसायलाई सफल बनाउने लचिला शीपको सिकाइ विद्यालय जीवनमा नै सिक्नुपर्छ जुन घोकाएर र तर्साएर सम्भव छैन ।घोकाएर र तर्साएर पढाइएको जनसक्ति हामि जस्तो मात्र हुने निस्चित छ । हाम्रा बालबालिकाहरूलाइ हामी जस्तै बनाउँदा बिंसौ शताब्दि नै भएन र ? एक्काइसौ शताब्दि त भएन नी ?

पेसागत सीप र कार्य क्षेत्रमा आवश्यक पर्ने शीपलाई सफल बनाउन एक्काइसैँ शताब्दीका जीवनोपयोगी र लचिला शीपको आवश्यकता पर्दछ । सिर्जनशीलता र कल्पना शीप, समस्या समाधान शीप, गहिराइमा खोजी गर्ने शीप, समस्या बिश्लेषण शिप, निर्णय कसरी लिने, तनाव व्यवस्थापन कसरी गर्ने, असल स्रोता कसरी बन्ने, प्रभावकारी वक्ता कसरी बन्ने, आफ्ना कुरा कसरी बुझाउने, अरुसँग समन्वय कसरी गर्ने, अरुलाई कसरी विश्वास दिलाउने, चित्त नबुझेका कुरा कसरी इन्कार गर्ने, आफु भन्दा ठूलालाई कसरी सम्मान गर्ने, आफु भन्दा सानालाई कसरी माया गर्ने जस्ता जीवनकालागि आवश्यक पर्ने सीप विद्यालयमा सिक्ने गर्दछन त्यसैले जति ठुलो संख्यामा भर्ना लिएर बाक्लो संख्यामा विद्यार्थी घुलमिल गराउन सक्यो त्यतिनै शिक्षण सिकाइ हुन्छ, शिक्षक त गाइड मात्र हो ।

बिंसौ ,एक्काइसौ शताब्दिलाइ अ।फ्नो अनुकुल बनाउनु भन्दा बाल बालिकालाइ समय सापेक्ष बढन दिनु पर्दछ । हामी र हामीले पढन सिकाउने हाम्रा बाल बालिकाको जन्म मिति फरक फरक छ । उनीहरूको समयको अवस्यकता अनुसारको शिक्षा लिन पाउनु पर्दछ । अ।फु जस्तै त बनाउनु भएन नी ।किनभने एउटा शिक्षक र विद्यार्थीको जन्मान्तर धेरै फरक हुन्छ ।तपाइँको जन्म मिति र तपाइँको बच्चाको जन्म मिति फरक छ । त्यसैले हाम्रा बालबालिकाहरूलाइ समय अनुसार बाँच्न हुर्कन दिनु पर्दछ ।

प्रत्येक विद्यालयहरुले तीन वर्षको उमेरदेखि नै नर्सरी, लोअर किन्डरगार्डेन र अप्पर किन्डरगार्डेन भर्ना लिन्छन् । जुन स्कुलमा नर्सरी, लोअर किन्डरगार्डेन र अप्पर किन्डरगार्डेन अध्ययन गरेका बालबालिका सोही स्कुलको कक्षा १ मा भर्ना हुन्छन् । गाउँदेखि सहरसम्मका अभिभावकहरु आफ्ना बालबालिकालाई अङ्ग्रेजी माध्यमका भाषामा पढाउन चाहेको देखिन्छ । यसको परिणाम सार्वजनिक विद्यालयका प्रारम्भिक कक्षामा विद्यार्थी नहुनु वा न्यून हुनु हो । प्राथमिक तहका विद्यार्थीहरूको राम्रो रेखदेख सामुदायिकमा भन्दा सस्थागत विद्यालयहरूमा राम्रो भएको पाइन्छ । नियमित गृहकार्य, सरसफाइका कुरा देखि अभिभावकहरू संग अन्तरक्रिया नियमित हुने गरेको पाइन्छ ।सार्वजनिक विद्यालयमा सुधार ल्याउन हरेक सार्वजनिक विद्यालयले प्रारम्भिक बाल शिक्षा वा पूर्व प्राथमिक शिक्षाको अनिवार्य रुपमा सुधार गर्नुपर्दछ । त्यसैले हरेक विद्यालयले प्रारम्भिक बाल शिक्षाका कार्यक्रम अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्दछ । विश्व त्रासमय अवस्थामा रहेको समयमा बाल बालिकाको पढन पाउने अधिकार केहि मात्रामा खोसिएको छ । केहि विद्यालय तथा संघ सस्थाहरूले संचालन गरेको अनलाइन तथा अफलाइन शिक्षण प्रभावकारी हुँदा हुँदै अचानक स्थगित गर्नु पर्ने बाध्यता भयो ।

विश्वव्यापी फैलिएको कोभिड–१९ महामारीका कारण दुई महिनाभन्दा धेरै समय शिक्षण संस्था वन्द भएपछि पछिल्ला केही दिनहरूमा विद्यालय शिक्षणलाई सञ्चालन गर्ने उपायका बारेमा अनौपचारिक क्षेत्रमा धेरै बहस भयो । बहसलाइ सामग्रीका रूपमा लिनुपर्ने हुन्छ । अहिले विद्यालय बन्द मात्र होइन, विद्यालयहरुमा क्वारेन्टाइन बनाइने भएका छन् । बिराटनगर क्षेत्र भित्र आदर्श  मा.वि सत्यनारायण मा.वि , बालिका मा. वि , महेन्द्र मा. वि, लाइ विद्यालयमा क्वारेन्टाइन राख्दा हेरिदै छ भने अर्को तर्फ बि के बि यम, सगरमाथा, एभरेष्ट विद्यालयमा क्वारेन्टाइन राखिएको छ भन्ने सुनिन्छ ।क्वारेन्टाइनमा मानिसहरू थपिने क्रम जारी छ । अझ पछिल्ला दिनमा विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने पहल भइरहेको छ बिराटनगरमापनि थपिने निस्चित छ। यी मानिसहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले विद्यालयहरू अझ लामो समयसम्म क्वारेन्टाइनकै रूपमा प्रयोग हुनेछन् ।

विद्यालय निरन्तर सञ्चालनमा ल्याउनका लागि त्यहाँ रहेका क्वारेन्टाइन अन्यत्र व्यवस्था गर्ने र ‘डिस्इन्फेक्शन’ अर्थात् निसंक्रमित बनाउनुपर्ने आवश्यकता छ । अहिले पनि धेरै मानिसका घरमा प्रशस्त साबुनपानी पनि छैन भने विभिन्न सरकारी तथा गैरसरकारी निकायमा सेनिटाइजरको उपलब्धता बढेको छ । तर, डिस्इन्फेक्शनको व्यवस्था छैन । अरू विकसित देशहरूमा समेत विद्यालय वन्द छन् र इन्टर्नेटको सरल उपलब्धता भएका अवस्थामा केही हल्का वैकल्पिक शिक्षण क्रियाकलाप मात्र गरिएएका छन् भने अधिकांश देशमा सबै गतिविधि बन्द गरेर घरमै पूर्ण लकडाउनमा बस्ने र बाँच्ने मात्र गरिएको शिक्षकहरू बताउँछन् । अर्थात्, अहिल्यै शैक्षिक शत्र व्यवस्थापन र नियमित वा वैकल्पिक विद्यालय सञ्चालन गर्ने बेला भैनसकेको यथार्थ हो ।

वास्तवमा नेपालमा शिक्षा र स्वास्थ्यजस्ता सामाजिक सेवा क्षेत्रसमेत निजीकरण गरिएको कारण अहिले लाखौं र करोडौं लगानिमा खोलिएका शैक्षिकलगायत व्यवसायिक प्रतिष्ठानको कारोवारको अवस्था बिग्रेका कारण पनि लकडाउन खुकुलो पार्ने, शैक्षिक शत्र सुचारु गर्नेजस्ता सुन्दा राम्रा लाग्ने तर कार्यान्वयनमा जान नसकिने चर्चा चलेको भन्दा अत्युक्ति हुनसक्दैन ।के अब त्यस्ता शिक्षालयहरूमा अभिभावकहरू अफ्ना नानीहरूलाइ पठाउन सक्नुहुन्छ त ? विद्यालयका ट्वाइलेट भरिने, बिद्युत खपत बढीहुने, फोहोर मैला बढ्ने, विद्यालय पुरै संक्रमित हुन्छ । विद्यालय खुल्नु अघि कसले सामान्य बनाउने ? लकडाउनको समयमा समेत सिमित शैक्षिक गतिविधि सञ्चालन भएका छन् । अधिकांश विद्यालयले गत शैक्षिक शत्रको नतिजा प्रकाशन गरिसकेका छन् । चालु शैक्षिक शत्रको शुरूवात, पाठ्ययपुस्तक छनोट, एकीकृत पाठ्यक्रमसहितको नयाँ किताबको अभाव आदिका बाबजुद कतिपय पुस्तक पसलका चोरढोकाबाट शहरबजारका अधिकांश बालबालिकाका हातमा नयाँ कक्षाका पाठ्यपुस्तक पनि पुगिसकेका छन् । कतिपय विद्यालयका शिक्षकहरू वास्तवमै विद्यार्थीका लागि केही अल्पकालीन शिक्षण सहयोग गर्नुपर्छ भन्ने ठानेर अनलाइन संचालनका सीप विद्यार्थीलाइ समेत दक्ष सेटलाइटमा रूपान्तरण गरि सहयोग गरिरहेका पनि छन् ।

केही विद्यार्थीहरू अनलाइन, टेलिभिजन र रेडियो कार्यक्रममार्फत् केही शिक्षण क्रियाकलापमा भुलेका छन् । वास्तवमा, यस्ता उपलव्ध साधनको उपयोग गरी सिकाइ गरिरहेका विद्यार्थीको संख्या बिगतमा अत्यन्त न्यून थियो तर अहिले रूचि र बाद्यताले बढाएको छ ।
नेपालमा इन्टर्नेटको सुविधा करिव १० प्रतिशतमा मात्र रहेको बताइन्छ । बाँकी इन्टर्नेट उपभोक्ताहरू सीमित डेटाका आधारमा छोटो अवधिका लागि मात्र प्रयोग गर्ने गर्छन् । यो संख्या करिव ७० प्रतिशत छ । अनलाइन सिकाइका लागि आवश्यक डिभाइस र इन्टर्नेटको गुणस्तर सजिलो छैन । शहरमा डेरागरी बसेकाहरूसमेत गाउँघरमा गएका कारण बालबालिकाका घरमै अलपत्र छन् । यस प्रकारको विषम अवस्थामा नेपालमा अनलाइन कक्षा सञ्चालन पहुँच, प्रयोग, गुणस्तर र मात्राका आधारमा प्रभावकारी बन्न सकेको छैन । अनलाइन शिक्षणको आवश्यक तयारी र आधार छैन । अझ, अहिले गरिएका प्रयासबाट ‘डिजिटल डिभाइड’को अवस्था सिर्जना भई ठूलो वर्गविभेद निर्माण हुने पक्का छ ।

परम्परागत शैक्षिक व्यवस्थापन चलिरहेको सन्दर्भमा अहिले उत्पन्न विषम परिस्थितिमा बालबालिकाकाको शैक्षिक पाटोको सम्बन्धमा अभिभावक र शिक्षक सबैभन्दा बढी चिन्तित छन् । उनीहरूका आँखाले विद्यालयमा क्वारेन्टाइन राखेको देखेन । आज आएर विद्यालयमा क्वारेन्टाइन राख्दा उत्पन्न हुने थप व्यवस्थापकीय जटीलताको आँकलन खोई ? बालबालिकाकाको शैक्षिक अधिकारलाई हनन् हुने हुनाले विद्यालयमा क्वारेन्टाइन राख्नु हुँदैन भनेर बहस चलेको खोई ? विश्वभर स्वास्थ्य तथा सुरक्षाकर्मी जोखिममा परेका छन् । नेपालमै पनि त्यस्तै भएको छ । यदि शिक्षकलाई घर–घरमा पठाउने हो भने उनीहरूको स्वास्थ्य सुरक्षाको व्यवस्थापन खोई ?  शिक्षकले बसेर खायो ? सरकारले राजपत्रमा लकडाउन अवधिलाई सार्वजनिक विदाको रूपमा उल्लेख गरेको र तलबभत्ता सबै दिने भनेको छ । के सार्वजनिक विदा शिक्षकले नपाउने ?  शिक्षकलाई लकडाउन लागू नहुने ? शिक्षकलाई कोरोनाभाइरस सर्दैन ? विद्यालयमा क्वारेन्टाइन राख्दा पछि बालबालिकाका त्यहि विद्यालयमा भर्ना गराएर उनीहरुमा कोरोनाभाइरस संक्रमण हुने खतरा किन देख्नु हुन्न ? वास्तवमा, बहस शिक्षण सिकाइलाई कसरी क्रियाशील बनाउन सकिन्छ भन्नेतिर केन्द्रित हुनु पर्छ स्थानीय सरकार । बिकल्प छैन अथवा खोजि नै गरिदैन । फराकिला खाली बेबारिसे मैदान हरू नदेखिएका हुन भने हामी देखाइ दिन्छौ ।

बिराटनगर बाट दुहबि, रंगेली , इटहरी, इनरूवा सम्म विद्यालयका बसहरू विद्यार्थी ल्याउने र लैनाने गर्दा न त पढाइ हुन्छ न समयको सदुपयोग । ब्यपारीले अफ्नो ब्यपारिक होडबाजीको अभास देखाउनु मात्र हो । बालबालिकाहरूको स्वास्थ्य स्थिति खराब त छदैछ यसले अझ समस्या ल्याएको छ । के त्यस पालिका भित्र विद्यालयहरू नभएर नै दैनिक ८० किलोमिटरको यात्रा बालबालिका लाइ किन गराइन्छ ? विद्यालय खुल्ने प्रत्येक दिन डाइनिया सम्म विराटनगरका विद्यालयका बस जाने र अ।उने समय हिसाब गर्ने हो भने पढाउने र पढने समय खोइ ? 

 

अर्को तर्फ अब भैपरी आउने शिक्षण पद्धति नै उत्तम हुन्छ । यसका लागि तीन तहकै सरकारको आर्थिक साझेदारी र स्थानीय सरकारको प्राविधिक व्यवस्थापनमा कम्तीमा तीन वा पाँच महिनाका लागि पुग्नेगरी तहगत र विषयगत क्रियाकलाप युक्त पाठ्रयक्रम निर्माण गर्नु पर्दछ । पुस्तक प्रत्येक विद्यार्थीलाई पुग्नेगरी तयारी, छपाइ र वितरणमा स्थानीय सरकारलाई जिम्मेवार बनाउनु पर्छ । स्थानीय सरकारले स्थानीय दक्ष शिक्षकहरू पहिचान गरी क्रियाकलाप निर्माण गर्ने काममा लगाउन सक्छ । हरेक पालिकामा विभिन्न विद्यालयका शिक्षक यस कामका लागि दक्ष छन् । कुनै स्थान विशेषमा समस्या परेमा छिमेकि पालिकासँग समन्वयमा कार्य गर्न सकिन्छ । स्थानीय शिक्षा अधिकारीले समन्वय गर्ने, स्थानीय शिक्षक महासंघ, उपलब्ध भएका अवस्थामा शिक्षा तालिम केन्द्रका विज्ञ, कलेजका प्राध्यापक लगायतको उपयोग गर्नु राम्रो हुन्छ । करिव एक हप्ताको लेखन तयारी र छपाइ र वितरणको अर्को एक हप्तामा घरघरमा पुस्तक पुर्याउन सकिन्छ ।

बाँकी रह्यो शिक्षक परिचालनका लागि शिक्षकले सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत उपायको प्रयोग गर्न सक्छन् । त्यसका लागि केही सञ्चार सहयोग राशि आवश्यक पर्नसक्छ । क्रियाकलाप तयारीको काम भच्र्युअल तरिकाले र पुस्तक वितरणको काम राहत वितरण जस्तै वडामार्फत् गर्न सकिन्छ । यसरी विद्यार्थीका हातमा समसामयिक र तत्काल गर्न सकिने क्रियाकलापको फेहरिस्त भयो भने शिक्षकको कम सहयोगमा पनि केही कार्य हुने तथा निजि तथा सामुदायीक विद्यालयका शिक्षकको सहयोगका लागि विद्यार्थी एवं अभिभावकहरूको दबाबसमेत पर्ने भएकाले कसैले दुश्मनी मोल्नु अनि फुर्ति लाउनु पनि पर्दैन । अखिर सबै शैक्षिक संस्थाहरू शैक्षिक उन्नयनमा लागि परेका हुन ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको सडक सौन्दर्यकरणका लागि हिमालयन बैंकको सहयोग
मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने कांग्रेस कोशी प्रदेश समितिको निर्णय
एनईएससीको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल