तुलसीप्रसाद दुलाल बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विषम परिस्थितिसँग अनुकुलनकालागि सबैले कार्य गर्नुपर्दछ । बालबालिकालाई कुनै कार्यमा सहभागी नगराई लामो समयसम्म कामविहिन राख्नु अत्यन्त घातक हुनेछ । तसर्थ यस्ता वैकल्पिक सिकाइ कार्यमा संलग्न गर्नकालागि अभिभावकलाई उत्प्रेरित गर्ने, सम्भव भएको साधन प्रयोग गरी ज्ञानवद्र्धक कार्यमा संलग्न गर्नकालागि स्थानीय ठाउँका शिक्षकहरूले भुमिका खेल्नुपर्ने देखिन्छ ।

दिनभरी विद्यालय गएर अध्ययन गर्ने खेल्ने बालबालिका अहिले दिनभर घरमै बसिरहेका छन्।चैत्र ६ गते बाट मुलुक लकडाउनमा छ । लकडाउन पहिलेदेखि नै बन्द रहेका विद्यालय र विश्वविद्यालयको शिक्षणसिकाइ कार्य सञ्चालन हुन नसकेका कारण सबै विद्यार्थी, शिक्षक, अभिभावकहरू सल्बलाउन थालेका छन् । यसका साथै सरकारले समेत आफ्नै गतिमा कार्य गरिरहेको छ । अनेक उपायहरू खोजिरहेको भएपनि सुझाउने मात्र देखिन्छन । समसामयिक विषयमा निकै महत्वकासाथ चर्चा गर्ने नेपाली वानी यसपालाको लकडाउन अवधिमा भर्च्र्युअल कक्षाको वकालतमा देखिएको छ । यस क्रममा विशेषगरी नेपाल शिक्षक संघ, प्रविधिमैत्री शिक्षक समाज, नेपाल अंग्रेजी भाषा शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनका विभिन्न तहका समितिहरूबाट जुम मिटिङ र गुगल क्लासरुमका माध्यमबाट आवद्ध र सूचना प्रविधिप्रति रूचि र पहुँच भएका शिक्षकहरूका सहभागितामा विभिन्न अवधिका कक्षा सञ्चालन भैरहेका छन् । यो क्रम बढ्दै गएको छ ।

ई-कक्षाहरूमा विषयगत, संस्थागत र सरकारी नेतृत्वदायी व्यक्तिहरूबाट सहजीकरण भएका छन् । ई-कक्षाहरूमा सूचना प्रविधि अर्थात् डिजिटल एप्लिकेशनहरूको प्रयोगका बारेमा चर्चा भइरहेका छन् । केही नमुना अभ्यासपनि भइरहेका छन् । पावरपोइन्ट निर्माण, फोटोसप आदि प्रोग्रामका बारेमा अभ्यासपनि नभएका होइनन्। अन्य विभिन्न अनलाइन शिक्षणका साधनहरूका बारेमा परिचयात्मक अभ्यास भइरहेका छन् । त्यसैगरी यी कक्षाहरूमा शिक्षणका जेनेरिक विधिहरूमा बढी र विषयगत शिक्षणविधि, फरक क्षमता भएका विद्यार्थीहरू र साना बालबालिकाहरूका बारेमा कम चर्चा भएका छन् ।

फरक क्षमता भएका विद्यार्थीहरू र साना बालबालिकाहरूका बारेमा कम चर्चा । 

उमेर अनुसार शारीरिक, मानसिक तथा सामाजिक अवस्थाको विकास नभएमा यसले बालबालिकामा डिप्रेशन, गलत सोचाइ, सामाजिक अपराध जस्ता समस्या ल्याउन सक्छ ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ प्रा.डा. सरोज ओझा भन्नु हुन्छ । बालबालिकाको उमेर पढ्ने, खेल्ने, मनमा लागेका विभिन्न काम गर्ने हो। कोभिड-१९ को महामारी फैलिँदै जाँदा यी नियमित प्रक्रियाबाट वञ्चित भएपछि अहिले उनीहरूको ध्यान मोबाइल र इन्टरनेटमा छ। यसले गर्दा खानपिनमा ध्यान नदिने, अभिभावकसँग झर्कने, झगडा गर्ने र कुनामा गई बस्ने समस्या देखिन सक्छ। चाहे अनुसार बाहिर खेल्न नपाउँदा रिसले सामान फुटाउने गरेको पनि पाइएको छ। पढाइमा समेत ध्यान दिन नसक्ने र भविष्यको चिन्ता, डर र त्रासले सशंकित भएको पनि भेटिएको छ। डा. ओझा भन्नु हुन्छ“मेरो नानीबाबु हतास हुने, डराउने, तर्सिने, नखाने, झगडा मात्र गर्ने, भाग्न खोज्ने गर्छन् म के गरूँ डाक्टर साप भन्दै धेरै अभिभावकले सल्लाह माग्न थालेका छन्।”(स्रोतː युनिसेफ )तीन वर्षभन्दा मुनिका बालबालिकाको उमेर स्वास्थ्यको हिसाबले अलि संवेदनशील मानिन्छ। उनीहरुको स्याहार सुसार, खानपिन, स्वास्थ्य र सरसफाइ, संरक्षण जस्ता विषय महत्वपूर्ण मानिन्छ। अहिले संसारैभर बढेको सन्त्रास र लामो लकडाउनले बालबालिकाहरूमा बेचैनी र विषाद (डिप्रेसन) बढ्ने सम्भावना छ। यस्तो अवस्था बढन नदिन बेलैमा विद्यालय संचालन नगरिएमा अबको भविश्य कस्तो होला ध्यान जानु पर्दछ ।
कतिपय प्रयासमा पाठ्यक्रम एकातिर छ काम अर्कै तिर । पाठ्यबस्तु, पाठयोजना, पाठ्यउदेश्य जस्ता प्रमुख पक्षहरू समेटिनु पर्ने हुन्छ । अधार बिनाका शैक्षिक बहसहरूले मात्र हुदैन । हाम्रो प्रयासले लक्षित बर्ग सम्मको पहुँचको अवस्थाको बारेमा अनुसन्धानबिना निरन्तरता दिनुले रहरमात्र पुरा हुन सक्छ, लक्ष्य पुरा हुदैन । त्यसैले लक्षित समुहलाइ गुगल फारम भर्न लगाइ सर्वेक्षण गर्दैबढ्नु पर्दछ । पहुँच नपुगेकाहरूकालागि अर्कै विकल्प खोज्नु पर्दछ । कक्षा १(५ का बालबालिकालाइ न प्रबिधिको सुबिधा छ न त पाठ्यपुस्तक नै । अझ बिपन्न समुदायलाइ कुनै चिन्ता नै देखिदैन । बिहान बेलुका खान र एकसरो लाउनको मात्र चिन्ता छ ।

पेशागत तथा सरकारी नेतृत्वकर्ताहरूका सल्लाह, परामर्शकासाथै शिक्षामन्त्री, सचिब समेत सहभागि बनेर समसामयिक जिज्ञासाका बारेमा जानकारी गराइएको भएतापनि केही नीतिगत तहमा, केही डिजिटल प्रविधि र केही विषयगत शिक्षण विधिका बारेमाप्रस्तुतिको औपचारिक पाठ्यक्रम, विधिवत दर्ता तथा सहभागि प्रमाणिकरण र त्यसको मान्यताका सम्बन्धमा हल्ला मात्र छ । कुनै आधारविना संस्थागत प्रयासमा भएका यी कक्षाहरूबाट समेत धेरै शिक्षकहरू लाभान्वित हुने कुरामा दुइ मत नहोलातर डिजिटल प्रविधिको फुटकर ज्ञान र विशेषगरीडिजिटल शिक्षण प्रविधिमा रहर जागेका सहभागि शिक्षकहरूले त यसप्रकारको उत्साहित भावनाबाट उत्प्रेरित भै गरिएका प्रयासको प्रशंसा गर्नैपर्दछ । बालबालिकाहरू समेत नया अभ्यासमा अकर्षित भएका छन ।

नेपालमा प्रयोग हुने इन्टरनेटको अधिकांश हिस्सा मोबाइलमा डेटा प्याकको आधारमा हुने गरेको सन्दर्भमा शिक्षण सिकाइका लागि डेटा खरिद गर्ने क्षमता धेरै नेपालीको छैन । शिक्षण सिकाइ प्रक्रिया फेसबुक हेरेजस्तो सजिलोपनि होइन । कतिपय सामग्री अपलोड र डाउनलोड गर्नुपर्ने भएकोले छिटो गतिको गुणस्तरीय इन्टरनेट सेवा आवश्यक पर्दछ । यसप्रकारको इन्टरनेट सेवा विस्तार भएको छैन । शिक्षा क्षेत्रमा राज्यको लगानी न्युन रहेकोले अहिले चलेका जुम मिटिङ कक्षाहरूमा समेत सिमित व्यक्तिको सहभागिता पाइएको सञ्चालकहरू बताउँछन् । यसरी नेपालमा अहिले संचालित अनलाइन कक्षाकालागि अपायक शिक्षक तथा बिपन्न विद्यार्थी दुवै पक्षको सहज पहुँच छैन ।

 

यसरी एकातिर इन्टरनेटको पहुँच र उपलव्ध जनशक्तिका आधारमा भरच्र्युअल कक्षा संचालनले अनलाइन कक्षाको प्रभावकारिताको प्रश्न उठेको छ भने अर्को तिर हाम्रो देशमा विद्युत आपूर्ति र इन्टरनेटको अति कममात्र सुविधा छ । यी साधनको पहुँच र गुणस्तर कमजोर भएका कारण केही सिमित संख्याका विद्यार्थीबाहेक आम रूपमा भच्र्युअल कक्षामा विद्यार्थीको सहभागिता र सिकाइ न्युन छ । नेपालमा प्रयोग हुने इन्टरनेटको अधिकांश हिस्सा मोबाइलमा डेटा प्याकको आधारमा हुने गरेको सन्दर्भमा शिक्षण सिकाइका लागि डेटा खरिद गर्ने क्षमता धेरै नेपालीको छैन । शिक्षण सिकाइ प्रक्रिया फेसबुक हेरेजस्तो सजिलोपनि होइन । कतिपय सामग्री अपलोड र डाउनलोड गर्नुपर्ने भएकोले छिटो गतिको गुणस्तरीय इन्टरनेट सेवा आवश्यक पर्दछ । यसप्रकारको इन्टरनेट सेवा विस्तार भएको छैन । शिक्षा क्षेत्रमा राज्यको लगानी न्युन रहेकोले अहिले चलेका जुम मिटिङ कक्षाहरूमा समेत सिमित व्यक्तिको सहभागिता पाइएको सञ्चालकहरू बताउँछन् । यसरी नेपालमा अहिले संचालित अनलाइन कक्षाकालागि अपायक शिक्षक तथा बिपन्न विद्यार्थी दुवै पक्षको सहज पहुँच छैन ।
अनलाइन कक्षा सञ्चालनका लागि सिप र साइबर सेक्युरिटिको ज्ञान आवश्यक पर्दछ । मिटिङ आयोजकबाट र सहभागिबाट प्रविधिको ज्ञान नभएका कारण कक्षामा सहभागि हुने सामान्य अनुशासन समेत पालना भएको देखिएन । केही शिक्षकहरूले शिक्षकलाई डिजिटल कक्षा शिक्षण सिप सिकाउन सकिने हिम्मत छ तर डिजिटल साधनहरूको पहुँचको समस्या अहिले तत्काल समाधान हुन सक्ने परिमाणमा छैन ।लकडाउनको समय शिक्षकसाथीहरूका लागि पाठयोजना, बिभीन्न कक्षाकाप्रश्नहरू निर्माण, शैक्षिकसामग्री निर्माणकासाथै पहुँच भएको अवस्थामा विभिन्न भच्र्युअल एवम् डिजिटल प्रविधि सिप विकास गर्ने अवसरका रूपमा उपयोग गर्नु राम्रो हो । प्रविधिको पहुँच छैन भने पठनसामग्री अध्ययन र विश्लेषणमा लाग्न समय प्राप्त भएको छ।
नयाँ शैक्षिक सत्रको समय बित्दैगएको छ । विद्यार्थीमा वेचैन बढिरहेको छ ।अभिभाबकहरू दिनमा एउटै प्रश्न शिक्षकहरूलाइ सोधिरहनु भएको छ।यो विषम परिस्थितिमा बालबालिकालाई टेलिभिजन र रेडियोमार्फत कक्षाशिक्षण गर्नुपर्ने सुझाव आइरहेका छन् । अहिले सरकारले एनटिभिबाट शिक्षण कार्य सञ्चालन गरिरहेको छ । स्थानीय सरकारका सहयोग र स्वयंसेवी भावनाबाट कतिपय स्थानीय टेलिभिजन च्यानल र एफएम रेडियो स्टेशनको सहकार्यमा शिक्षण कार्य सञ्चालन भएको छ। वास्तवमा हरेक कक्षाकालागि केही आधारभूत ज्ञानकेन्द्रित तोकिएको पाठ्यक्रमअनुसार केही विषयवस्तु छनौट गरी स्थानीय रेडियोहरूबाट कक्षा शुरू गर्नुपर्ने आवश्यकता छ । यसो गर्न सकिएमा शैक्षिक सत्रको शुरूवात हिसाब गर्न सकिने र वालवालिकाहरू पनि औपचारिक तरिकाले केन्द्रित हुने वातावरण बन्न सक्छ ।

बालशिक्षादेखि कक्षा ३ सम्मका पुस्तकसामग्रीपनि सरकारले तयार गरेको छ । कक्षा चार र पाँचकालागि समेत केहि सामाग्रीहरू तयार छन । तर यी सामग्री डाउनलोड गरेर हेर्ने वा प्रिन्ट गरेर कार्य गराउने अभिभावकको अवस्था प्रविधिको पहुँच र उपयोगको सिप सबैमा नभएकाकारण प्रभावकारि होला भन्न सकिने अवस्था छैन । केही वैकल्पिक उपाय अपनाउन ढीलो भएको छ ।नयाँ कक्षासम्बन्धि अन्यौल छ । तसर्थ सरकारले विद्यालयहरूलाई अनलाइन अथवा अफलाइन जे जस्तो भएपनि कक्षा संचालनको अनुमति दिनु र सुरक्षित दुरि कायम गरि पाठ्यपुस्तक बितरण तुरून्तै गर्नु आवश्यक छ । यो विषम परिस्थितिमा प्रदेश तथा स्थानीय सरकारको भुमिकासमेत प्रष्ट छैन । रोग फैलने त्रास र बचावटका उपायहरूमा केन्द्रित छ सरकार तसर्थ यो अस्तब्यस्तताको अन्त्यकालागि सुरक्षित दुरि कायम गरि,बाँकि रहेका परीक्षा संचालन, नतिजा प्रकाशन, पाठ्यपुस्तक बितरण र नयाँ सत्र शुरूवात गर्नु आवश्यक देखिएको छ ।
नयाँ शैक्षिक सत्रको शुरूवात साथ केही नियमन आवश्यक छ । जुनजुन विद्यालयमा भच्र्युअल शिक्षणको संभावना छ, जहाँजहाँ टेलिभिजन र रेडियो शिक्षण सम्भव छ, यी भच्र्युअल, टेलिभिजन र रेडियो कार्यक्रमकालागि छोटो अवधिको पाठ्यक्रम विकास गर्ने, पाठ्यक्रम, विषयवस्तु, शिक्षणसिकाइ प्रक्रिया, मूल्याङ्कन आदिमा लचकता अपनाउने, विद्यालयहरूले नतिजा प्रकाशन गर्न शुरू गरेसँगै पाठ्यपुस्तक नपुगेमा घर वा छिमेकका दाजुदिदीहरूको पुस्तक मागेर हेर्न लगाउने कार्यहरू गराउन सकिन्छ । कहिलेकाँही बालबालिकाको इच्छाअनुसार गीत, कविता, कथा, चित्र आदि सिर्जना गर्न लगाउन सकिन्छ ।घर बसाइ अनुभव लेख्न लगाउन सकिन्छ । यस्ता क्रियाकलापमा संलग्न भएको दैनिकी प्रतिवेदन लेख्न लगाउन सकिन्छ । यस्ता धेरै क्रियाकलापका बारेमा सोचौं र बालबालिकालाई सहभागी गराऔं । केही समयको विश्रामपछि कसरी बालवबालिकालाई ज्ञानवर्दक क्रियाकलापमा संलग्न गर्न सकिन्छ,यसतर्फ सरकार, शिक्षक र अभिभावक सबैले आ-आफ्नो भुमिका खेल्नु आवश्यक छ ।
विषम परिस्थितिसँग अनुकुलनकालागि सबैले कार्य गर्नुपर्दछ । बालबालिकालाई कुनै कार्यमा सहभागी नगराई लामो समयसम्म कामविहिन राख्नु अत्यन्त घातक हुनेछ । तसर्थ यस्ता वैकल्पिक सिकाइ कार्यमा संलग्न गर्नकालागि अभिभावकलाई उत्प्रेरित गर्ने, सम्भव भएको साधन प्रयोग गरी ज्ञानवद्र्धक कार्यमा संलग्न गर्नकालागि स्थानीय ठाउँका शिक्षकहरूले भुमिका खेल्नुपर्ने देखिन्छ । यसकासाथै स्थानीय रेडियोमार्फत यसप्रकारका क्रियाकलापको व्यापक प्रचारप्रसार आवश्यक छ ।विना पुर्वाग्रह सरकारी(निजि, अंग्रेजी(नेपाली माध्ययम, अफ्नो(अर्काको विद्यालयको विद्यार्थी नभनी सम्भव भएसम्म स्थानीय शिक्षक परिचालन र क्रियाकलाप निर्माण गरी सुझाव दिनकालागि स्थानीय गाउँ तथा नगरपालिकाले स्थानीय जनशक्तिलाई उपयोग गर्नु सान्धर्विक देखिन्छ । सुरक्षित दुरि कायम गरि, थोरै संख्या र सिफ्ट (सत्र) ब्यवस्थापन गरेर संचालन गर्न सकिन्छ कि ? बहस जरूरी छ ।

(लेखक आदर्श मावि विराटनगरका प्राध्यानाध्यापक हुनुहुन्छ )

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेशमा नाइरोबी फ्लाईको आतङ्क
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन ( मन्त्रीहरुको सूची सहित)
लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल