Birat Post बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २२ जेष्ठ ।
विराटनगर महानगरपालिकाले आगामी बजेटको तयारीका विषयलाई लिएर सुझाव संकलन गर्ने कार्यलाई निरन्तरता दिएको छ । नगरको नीति कार्यक्रम तथा बजेट तयारीका विषयलाई लिएर महानगरले दलका नेतृत्व,विभिन्न उद्योगी व्यवसायी तथा विभिन्न सरोकार सम्बन्ध संस्थाहरुसँगको छलफललाई निरन्तरता दिएको छ ।

बिहिवार एक अनौपचारिक कार्यक्रमका वीच महानगरले विराटनगरका राजनैतिक दलका नेतृत्वहरुसंग छलफल गरेको छ । छलफलमा बोल्दै नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जुनसुकै दलको मानिसले नेतृत्व गरेपनि विकासका कार्यक्रम साझा बन्नुपर्ने बताए । विराटनगर महानगर मात्र नभएर राजधानी भएको महानगर भएकाले यसको विकासका लागि सवैको भुमिका महत्वपूर्ण हुने बताए ।

यस्तै नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले महानगरको समग्र विकासको खाका बनाएर योजना ल्याउन आग्रह गरे । महानगर भित्र अस्पताल ब्यवथापन,कृषिमा प्रोत्साहन,शहरको सौन्दर्यता बृद्धि गर्ने कुरामा महानगरले काम गर्नुपर्ने बताए । राजपा मोरङ अध्यक्ष महम्मद कादिरले मधेस र मधेसीका मुद्धालाई समेत समेटेर विकास निर्माणका काम गर्न आबश्यक भएको बताए । समाजवादी पार्टी नगर अध्यक्ष मो.नसरुलले शिक्षाक्षेत्रमा भइरहेको समस्या समाधानमा लाग्न जोड दिए ।

छलफलमा नेकपा नेता तुलसी प्रसाद पोखरेल,नेकपा विराटनगर अध्यक्ष सागर थापा,नेपाली कांग्रेस विराटनगरका कार्यवाहक नगरसभापति अरुण न्यौपाने,राजपा नगर अध्यक्ष विनोद गुप्ता,जनता समाजवादी पार्टीका मोरङ उपाध्यक्ष त्रिलोचन गौतम लगायतका ब्यक्तिहरुले समय सापेक्ष बजेट ल्याउन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर भीम पराजुलीले जनअपेक्षा अनुरुपका बजेट ल्याउनेमा बिश्वस्त रहन आग्रह गरे । विभिन्न सुझावका आधारमा बजेट बन्ने बताए । छलफलमा उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल,शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडा,सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया,सामुदायिक महाशाखा प्रमुख सरोज गौतम लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो मिल्स क्रिकेट प्रतियोगिता सुरु, दिल्ली र एनबीएससी विजयी
नेपालमा बाँझोपन संवन्धी समस्या, लैंगिक हिंसा पनि बढ्दो
नोटमा नक्सा छाप्दा अरु देशले चिन्ता गर्नु पर्दैनः ओली

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल