Birat Post बुधबार, जेठ २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ जेष्ठ ।

लक्षण बिहीन संक्रमितबाट कतिमा कोरोना भाइरसको संक्रमण फैलियो भन्ने कुरा अझै अस्पष्ट रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रष्ट पारेको छ ।  कोरोना भाइरस सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख डा. मारिया भान केर्खोभले लक्षण बिहीन व्यक्तिबाट कोरोना भाइरसको संक्रमण फैलिने जोखिम ‘अति दुर्लभ’ रहेको बताएकी थिइन् । उनको यो टिप्पणीलाई लिएर विवाद सिर्जना भएको थियो ।

डब्लुएचओले सोही परिवेशमा लक्षण बिहीन संक्रमितबाट कतिमा संक्रमण फैलियो या त्यसको दर कस्तो छ भन्ने कुरा अझै पनि स्पष्ट रुपमा थाहा नभएको बताएको छ । डा. मारियाले आफ्नो टिप्पणी अति सीमित अध्ययनमा आधारित रहेको बताएकी छन् । प्रमाणहरुले लक्षणसहितका संक्रमितबाट अरुमा संक्रमण फैलिन सक्ने जोखिम अधिक हुने देखिएका छन् । तर कोभिड–१९ एक व्यक्तिबाट अर्को व्यक्तिमा बिना लक्षण पनि फैलिन सक्छ ।

वैज्ञानिकहरुले लक्षण बिहीन संक्रमितबाट अरुमा संक्रमण फैलिने जोखिम कति रहन्छ भन्ने बारे अनुसन्धान गरिरहेको डब्लुएचओले जानकारी दिएको छ । संक्रमितमा लक्षण नदेखिएको एवम् उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेता पनि सावधानी नअपनाएमा संक्रमितबाट अरुमा संक्रमण फैलिन सक्ने सम्भावना रहेको डब्लुएचओले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल